राष्ट्रपति भण्डारी बिहान काभ्रेको पलाञ्चोकभगवतीमा, साँझ काठमाडौंको इन्द्रायणी

अखबार हब
२०७८ आश्विन २७, बुधबार २१:४३

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौं उपत्यका र वरपरका शक्तिपीठहरुको पूजाअर्चना गर्नुभएको छ । बडा दशैंको आठौं दिन महाअष्टमीको दिनमा राष्ट्रप्रमुख शक्तिपीठहरुमा पुग्ने प्रचलन अनुसार राष्ट्रपति पनि त्यहाँ पुग्नुभएको हो ।

आज साँझ अबेर उहाँ शोभाभगवती र इन्द्रायणी मन्दिर जानुभएको हो । त्यसअघि उहाँ काठमाडौंका विभिन्न शक्तिपीठ पुग्नुभएको हो ।

आज दिउँसो उहाँ काठमाडौंका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवीलगायतका शक्तिपीठ पनि पुग्नुभएको हो ।

उहाँ बिहान काभ्रेपलाञ्चोकस्थित पलाञ्चोक भगवती जानुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*