समाचार
खोज पत्रकारिता केन्द्रमा नयाँ कार्यसमिति
काठमाडौं । खोज पत्रकारहरूको संस्था, खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले नयाँ कार्यसमिति चयन गरेको छ। मंगलबार ललितपुरमा सम्पन्न केन्द्रको साधारण सभाले चन्द्र किशोरको अध्यक्षतामा सर्वसम्मत रुपले नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रामेश्वर बोहरा चयन भएका छन्। त्यसैगरी, सदस्यहरुमा हरिबहादुर थापा,...
हेटौंडामा बजार अनुगमन, तीन व्यवसायीलाई कारबाही
मकवानपुर। हेटौंडामा बजार अनुगमनको क्रममा तीनवटा पसल सञ्चालक कारबाहीमा परेका छन् । संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमनको क्रममा उपभोक्ता हित विपरीत काम गर्ने पसल सञ्चालकलाई कारबाही गरेको हो । तीनवटा पसललाई कारबाही गरेर ४० हजार रुपैयाँ जरिवाना समेत असुल गरिएको र एउटा औषधि पसलमा तालाबन्दी गरिएको जिल्ला प्रशासन...
पूर्वयुवराज पारस शाहको निवासमा चोरी, एक जना पक्राउ
काठमाडौँ । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकसाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिनुभयो । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार...
मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले भाग मागेको समाचार भ्रामकः सर्वोच्च अदालत
काठमाडौँ । मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो भाग खोजेको भन्ने समाचारको सर्वोच्च अदालतले खण्डन गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन र विस्तारमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडिएको बताइएको छ । सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा...
हेटौंडा–९ बस्ने बाँनिया मृत अवस्थामा फेला
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा एक युवा मृत फेला परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज घर भएका अन्दाजी ३० बर्षीय शम्शेर बानियाँ आज बिहान सुतेकै स्थानमा मृत फेला परेका हुन् । हेटौँडा औद्योगीक क्षेत्रको एन्टाटीक बिस्कुट उद्योगमा काम गर्दै आएका उनी हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९...
दशैँपछि हेटौंडाको सबै सामुदायिक विद्यालय खुल्ने
मकवानपुर । कोभिड– १९ माहामारीका कारण लामो समय देखि बन्द रहेको हेटौँडाका सबै सामुदायिक विद्यालय दशैँपछि खुल्ने भएको छ । हेटौंडामा रहेको ७७ वटा सामुदायिक विद्यालयमा दशैँपछि पछि भौतिक उपस्थितिमा पठनपाठन हुने भएको हो । सोमबार(आज) हेटौंडामा बसेको सामुदायिक विद्यालयको प्रअ बैठकले दशैँपछि स्वास्थ्य सावधानी अपनाएर सबै सामुदायिक विद्यालयमा...
मकवानपुर क्याम्पसमा झडप,एकजना घाइते
मकवानपुर । बागमती प्रदेशको मुकाम हेटौँडाको मकवानपुर बहुमखी क्याम्पसमा दुई समुह बिच झडप हुँदा एक जना घाईते भएका छन् । सोमबार (आज) बिहान क्याम्पस परिसरमा दुई समूहबीच झडप हुँदा एकजना घाइते भएको हो । झडपमा सोही क्याम्पसको कक्षा ११ मा अध्ययन गर्ने दिवस राना घाईते भएका हुन् । हाल...
बढ्यो इन्द्रसरोवरको जलाशय सतह, बस्तीमा खतरा
कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर समुद्री सतहबाट एक हजार ५२९ दशमलव ९५ मिटर पुगेको छ । पानीको सतह बढेसँगै बढी भएको पानी ड्याम्पसँगै रहेको द्वारबाट जाने क्रम...
मकरीमा, मनहरी कांग्रेसको शुभकामना आदान प्रदान, ११ जना कांग्रेसमा प्रवेश
मकवानपुर । नेपाली कांग्रेस मनहरी १ ले नजिकिदै गरेको विजया दशमी,शुभ दिपावली,तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार मनहरी १ को मकरीमा रहेको मोर्डन सभाहलमा भएको उक्त कार्यक्रममा कांग्रेस मनहरीका सभापती प्रकाश बर्तौलाले चाडपर्वहरुलाई बढि खर्चिलो नबनाई मनाउन आग्रह गरे ।...
ओखलढुंगा बस दुर्घटनाः घाइते खड्कालाई थप उपचारका लागि काठमाडौँ लगियो
ओखलढुंगा ।ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एक गम्भीर घाइते भएका छन। बा ३ ख ९३०४ नम्बरको बस आज विहान साढे ६ बजे भदौरे सडकमा चिप्लिएर पल्टिएको हो । सो दुर्घटनामा चम्पादेवी ६ का मिनबहादुर खड्का घाइते भएका हुन। घाइते खड्कालाइ उपचारको लागि...










