समाचार

नियम मिचेर रजिष्टार प्रसाईले श्रीमतीलाई बनाए कार्यालय सहायक

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले आफ्नो पदको दुरुपयोग गर्दै प्रतिष्ठानको कर्मचारीमा आफ्नै श्रीमतिलाई नियुक्त गरेका छन् । प्रदेश लोकसेवा आयोग मार्फत कर्मचारी नियुक्ती गर्नुपर्ने प्राबधान मिचेर प्रसाईले आफ्नै श्रीमती कमला प्रसाई निरौलालाई कार्यालय सहायकमा नियुक्त गरेका हुन् । झापा मेची नगरकी प्रसाईलाई नियुक्ती गर्दा...

रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले गर्यो शुभकामना आदान प्रदान

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले बडादशैं, तिहार, नेपाल सम्बत, छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालको अध्यक्षता एवं वागमती प्रदेशको सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।...

वागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा बढ्यो

मकवानपुर । वागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ कात्तिकदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा लाग्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । १० किमिसम्म...

व्यवसायी पौडेल सम्मानित

काठमाडौं । ७ औं संविधान दिवसको अवसरमा राष्ट्रिय नागरिक विकास समाजले व्यवसायी शशी पौडेललाई समान गरेको छ। पौडेलले रुपन्देहीको तिलोत्तमामा गाई पालन गर्दै आएका छन्। पौडेल नेपालकै ठूलो गाई फार्मका सञ्चालक हुन्। उनको फार्ममा ५ सयभन्दा बढी गाई छन्। पौडेलको गाई फार्मबाट दैनिक ३ हजार लिटर दूध उत्पादन हुन्छ।...

प्रहरी समायोजनको कार्य छिटो सम्पन्न होस्ः मन्त्री शाक्य

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर अजय क्रान्ति शाक्यले प्रहरी समायोजनको कार्य यथाशिघ्र छिटो सम्पन्न गर्न नेपाल सरकारसँग माग गरेका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शाक्यले यस्तो माग गरेका हुन् । ‘बागमती प्रदेश सरकारले प्रहरी ऐन बनाइसकेको छ,’...

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा...

युरेनियम खानीले त्रसित पूर्वी मकवानपुरका गाउँले

मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–२ तीनभँगालेमा युरेनियमको खानी फेला परेको वर्षौं भयो । रेडियो विकीरणयुक्त युरेनियम आणविक ऊर्जा उत्पादन र आणविक शस्त्र निर्माणमा प्रयोग गरिन्छ । युरेनियमको खानी पत्ता लागेपछि सुनसान रहने गाउँमा आवतजावत गर्नेको संख्या बढ्न थाल्यो । प्रायः दैनिकजसो गाउँमा नयाँ नयाँ मानिसहरु पुग्ने र खानीको...

थाहानगरमा शिक्षाका कर्मचारीको तलब वृद्धि

मकवानपुर । विद्यालयमा लामो समयदेखि न्युनतम सुबिधामा काम गर्दै आएका प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, विद्यालय कर्मचारी र लेखा सहयोगीको सुबिधामा नेपाल सरकारले गत बजेट भाषणमा उल्लेख गरे अनुसारको सुबिधा दिन थाहा नगरपालिका असमर्थ भएतापनि केहि सुबिधा थप गरेको छ । थाहा नगरपालिका शिक्षा शाखाका अनुसार बिद्यालय कर्माचारीको मासिक...

रेडक्रस हेटौंडाले आफ्ना आजिवन सदस्यहरुलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले आफ्नो उपशाखा अन्तर्गत रहेका आजिवन सदस्यहरुलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएको छ । हेटौंडा उपशाखाले मंगलबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरसँग त्यसबारेमा सम्झौता गरेको छ । हेटौंडा उपशाखाले आफनो आजीवन सदस्यहरुको लागि बिरामी परेर रगत नै चाहिएको अवस्थामा स्वास्थ्य...

३३ किलो सुन काण्डमा गोरेलाई जन्मकैदको सजाय

काठमाडौँ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको सजाय सुनाएको छ। मंगलबार न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई जन्मकैदको सजाय सुनाएको हो। साढे ३३ किलोग्राम सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१...