समाचार

ओखलढुङ्गा जीप दुर्घटना : एक जनाको मृत्यु, सात घाइते

ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा आइतबार जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा ओखलढुङ्गाको चिसङखुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सामुदायिक अस्पताल ओखलढुङ्गामा मृत्यु भएको प्रहरीले जनाएको...

बारा-पर्सा औद्योगिक करिडोरमा १३२ केभी लाइनबाट विद्युत् आपूर्ति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरुलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आहृवान गरेको छ । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरुलाई १३२ केभीबाट विद्युत आपूर्ति दिने छ ।...

काठमाडौंबाट दमौली गएको सिम्रिक एयरको हेलिकप्टरले आगो निभाउन थाल्यो

काठमाडौं । काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकप्टरले दमौली बजारमा लागेको आगो निभाउन थालेको छ । बजार नजिकको नदीबाट पानी ओसारेर हेलिकप्टरमार्फत् आगो निभाउन थालिएको हो । उक्त हेलिकप्टरमा क्याप्टेन इन कमाण्ड सुरेन्द्र पौडेल र क्याप्टेन राजेन्द्र दुवाल छन् । उनीहरुसँगै अग्नि नियन्त्रक टोली पनि रहेको सिम्रिक एयरका योगेश सापकोटाले...

तनहुँको दमौलीमा आगलागी, नियन्त्रणको प्रयास जारी

तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित हार्डवेयर पसलको गोदाममा भीषण आगलागी भएको छ । व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा भिषण आगलागी भएको हो । हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन ।...

चर्चित चित्लाङको बाख्रा फार्म जसले ७८ वर्षपछि पानी पायो

मकवानपुर । मकवानपुरको चित्लाङस्थित बाख्रा विकास फार्मले स्थापनाको ७८ वर्षपछि बल्ल पानी पाएको छ । बाख्रा, भेडा र खरायो पालन गर्दै आइरहेको सरकारी फार्ममा ७८ वर्षपछि पानी उपलब्ध भएको हो । नेपालकै पहिलो यो बाख्रा फार्म वि.सं. २००१ सालमा स्थापना गरिएको हो । तीनसय पाँच रोपनी क्षेत्रफलमा फैलिएको फार्मको...

स्थानीय तहका तीन सय जनप्रतिनिधिविरुद्ध फौजदारी मुद्धा

काठमाडौं । स्थानीय तहको निर्वाचन दुई महिना बाँकी रहँदा पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको मूल्यांकन उनीहरुकै मतदाताले गर्लान् । तर केही जनप्रतिनिधिको आचरण भने सम्बन्धित स्थानीय तहका मतदाताको मूल्यांकनको मात्र विषय रहेन । स्थानीय चुनावको घोषणा भइसकेपछि एकसाता अघिमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटको देवाही गोनाही नगरपालिकाका जसपाबाट निर्वाचित...

हेटौंडामा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक जलेर नष्ट

मकवानपुर। हेटौंडामा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक मोटरसाईकल जलेर नष्ट भएको छ । गएराति मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ क्याम्पा डाडा जाने बाटोमा उक्त दुर्घटना भएको हो । क्याप्पाडाँडाबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बा ८३ प ५०४० नंबरको मोटरसाईकल र विपरित दिशाबाट आएको बागमती प्रदेश ०३...

उच्च अदालत हेटौंडामा सार्न कानुन व्यवसायीको माग

मकवानपुर । उच्च अदालत प्रदेशको राजधानीमा राख्नुपर्ने हेटौंडाका कानुन व्यवसायी र सरोकारवालाले माग गरेका छन् । न्यायप्रशासन ऐन, २०७३ को दफा १ मा प्रत्येक प्रदेशको राजधानीमा उच्च अदालत रहने व्यवस्था छ । तर, हेटौंडालाई बागमती प्रदेशको राजधानी तोकिएको ३ वर्ष पुग्नै लाग्दासमेत यहाँ उच्च अदालत खडा गरिएको छैन । ‘न्यायप्रशासन ऐनले प्रत्येक...

युवकको मृत्युपछि तनावग्रस्त वीरेन्द्रनगर

सुर्खेत । कालिकोटका एक युवकको सुर्खेतमा मृत्यु भएपछि आक्रोशित आफन्तजन र प्रहरीबीच झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीचको झडपले प्रदेश राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । आक्रोशित प्रदर्शनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका...

बुढीचौरमा प्याराग्लाइडिङको सफल परीक्षण

मकवानपुर । मकवानपुरगढी गाउँपलिका–८ बुढीचौरमा प्याराग्लाइडिङको परीक्षण सफल भएको छ । शनिबार भएको सोनाम ल्होछार सांस्कृतिक कार्यक्रममा बढीचौरको डाँडामा पहिलो पटक प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको हो । गाउँपालिको बजेटमार्फत् उक्त प्याराग्लाडिङको परीक्षण भएको हो । बुढीचौरको युल्जाङ डाँडाबाट उडान भएको प्याराग्लाइडिङ बुढीचौरकै खेलमैदानमा ल्यान्ड गरिएको थियो । प्याराग्लाइडिङका...