समाचार

निजामती कर्मचारी संगठन मकवानपुरको अध्यक्षमा पौडेल

मकवानपुर। नेपाल निजामती कर्मचारी सङ्गठन मकवानपुरको ११ औं जिल्ला अधिवेशन हेटौंडामा भएको छ । अधिवेशनको उद्घाटन् गर्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले तीनै तहका स्थायी सरकार भनेको कर्मचारी रहेको बताए । कर्मचारीले आम नागरिकको हितका निम्ती काम गर्नका लागि आग्रह गरे । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल...

पत्रकार विजयकुमारको निधन

भक्तपुर । साहित्यकार एवम् पत्रकार बीके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ। गएराति आफ्नै निवास भक्तपुरको सिपाडोलमा उनको निधन भएको हो। केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलसिस गराउँदै आएका उनलाई पछिल्लो समय कोरोना सङ्क्रमणसमेत भएको थियो। केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पाल्पालीकी श्रीमती एवं...

हेटौंडा–ढल्केबर–इनरुवा प्रसारणलाइनबाट बाहिरियो विश्व बैंक

काठमाडौं । हेटौंडा–ढल्केबर–इनरुवा प्रसारणलाइनबाट विश्व बैंक बाहिरिएको छ । एक दशकसम्म पनि विभिन्न ठाउँका अवरोध नहटेपछि दातृ निकाय विश्व बैंकले नेपालभित्रको सबैभन्दा उच्च क्षमतायुक्त यो प्रसारणलाइन परियोजनाबाट हात झिकेको छ । करिब १४ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसक्दा पनि प्रसारणलाइनको भविष्य अनिश्चयतर्फ धकेलिएपछि विश्व बैंकले परियोजना छाडेको हो ।...

वीरेन्द्रनगरमा कर्फ्यू हटाएर निषेधाज्ञा

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा सोमबार लगाएको २४ घण्टे कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ । एमसीसी पारित भएको विषयमा ८ वटा साना कम्युनिस्ट दलले गरेको बन्दमा तोडफोड र आगजनी भएको भन्दै सोमबार ८ बजेदेखि मंगलबार ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो । जिल्ला सुरक्षा...

सर्वोच्चको नजीरः गम्भीर अपराधमा अधिकतम सजाय हुनुपर्छ

काठमाडौं । सर्वोच्च अदालतले जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी मुद्दामा न्यूनतम सजाय नभई अधिकतम सजाय गर्नुपर्ने नजीर प्रतिपादन गरेको छ । पीडितमाथि लाञ्छना लगाई कसूरदारको कैद सजाय घटाउने उच्च अदालतको फैसला उट्याउदै सर्वोच्चले सजायमा उदारता देखाएर दण्डहीनतालाई प्रश्रय नदिन ध्यानाकर्षण गराएको हो । आफ्नै विद्यार्थीको अपहरण र बलात्कार गरेको कसूरमा...

यस्तो देखियो पशुपतिमा शिवरात्रिको रौनक (फोटो फिचर)

काठमाडौं । आज महाशिवरात्रि पर्वका दिन पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । सोमबार रातिदेखि नै भीड बढेको पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि दर्शनका लागि भक्तजन लाइन बसेका थिए । उनीहरूले लामो समय लाइन बसेर पशुपति दर्शन गरेका छन् । देशभरका विभिन्न भागसहित छिमेकी देश भारतका...

जो भगवान् शिवको चरित्रबाट अमर बने

काठमाडौं । हिन्दुहरुको महान् पर्व महाशिवरात्रि आज देशभर मनाइँदै छ । हिन्दु क्यालेन्डरअनुसार फागुन महिनाको कृष्ण पक्ष चतुर्दशीका दिन भगवान् शिवको आराधना, तपस्या र श्रद्धाको पर्व महाशिवरात्रि पर्व मनाइन्छ । महाशिवरात्रिको दिन पनि भक्तजनले भगवान् शिवलाई प्रसन्न पार्न व्रत बस्छन् । भगवान् शिवलाई लिएर टीभीमा धेरै शो पनि बनाइएका...

नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिन्नौंः सरकार

काठमाडौं । सरकारले भारत, चीनलगायतका मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको हो । ‘सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको...

बन्दकर्ताले गरे रिद्धिसिद्धि सिमेण्टको बल्करमा आगजानी

मकवानपुर । बन्दकर्ताले हेटौंडा–१५, रातोमाटेमा रिद्धिसिद्धि सिमेण्टको बल्करमा आगजानी गरको छ । हेटौंडाको रातोमाटेबाट सिद्धिसिद्धि सिमेण्ट उद्योगतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ख ०१७५ नम्बरको बल्करमा आगजानी गरेको हो । आगजानीबाट सवारीको अगाडिको भाग पूर्णरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । प्रहरीका अनुसार...

एमसीसी अनुमोदनमा एमाले साक्षी !

काठमाडौँ । सरकारमा हुँदा संसद्‌‌मा एमसीसी सम्झौता दर्ता गरेको एमालेले प्रतिपक्षमा रहँदा पनि विरोध गरेको छैन । केही सांसदले व्यक्तिगत रूपमा विरोध गरे पनि पार्टीले धारणा बनाइसकेको छैन । एमसीसीलाई अगाडि बढाउन प्रधानमन्त्री देउवाले प्रयास गर्दा सत्तारूढ गठबन्धनको धारणा सार्वजनिक भएपछि निर्णय गर्ने बताएको एमालेले निर्णयार्थ प्रस्तुत गर्ने बेलासम्म कुनै धारणा...