मोटरसाइकल चोरीको आरोपमा मकवानपुरबाट दुई जना पक्राउ
मकवानपुर । मोटरसाइकल चोली गरेको आरोपमा मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११ नमुनाचोकमा डेरा गरी बस्ने २३ वर्षीय बिशाल बिश्वकर्मा र हेटौंडा उपमहानगरपालिका–१० घर भई मनहरी गाउँपालिका–८ सिम्पानीमा अटो ग्यारेज सञ्चालन गरि डेरा गरि बस्ने २२ वर्षीय रवि साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएको फागुन १२ गते मनहरी गाउँपालिका–८ बस्ने राजकुमार लोप्चनको ना ६२ प ९६४२ नम्बरको २ सय २० सिसिको पल्सर मोटरसाइलक घरबाटै चोरी भएको र लोप्चनले प्रहरी कार्यलयमा खोजतलास गरिदिनको लागि निवेदन दिएका थिए ।
खोजतलासको क्रममा मंगलबार बिश्वकर्माको आफ्नो डेरा कोठामा लुकाई छिपाई राखेको अवस्थामा मोटरसाईकल फेला परेको थियो ।
प्रहरीले उक्त चोरी भएको मोटरसाईकल सहित चोरीमा संलग्न बिश्वकर्मा र साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए ।







