समाचार
नक्कली लालपूर्जा देखाएर ३३ लाख ठगी, एकजना पक्राउ
काठमाडौं । जग्गाको नक्कली लालपूर्जा देखाएर बिक्री गर्ने भन्दै ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नक्कली लालपूर्जा र नक्सा देखाएर जग्गा बिक्री गर्न भन्दै ३३ लाख बैना लिएको आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ का ३९ वर्षका हितबहादुर बुढाथोकीलाई काठमाडौंको कपनबाट पक्राउ गरेको प्रहरीले...
रहेनन् वरिष्ठ लोकगायक जयनन्द लामा
काठमाडौं । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । हिजो राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको थियो । उनले गाएका...
७ महिनामा २७ गैंडा मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा पछिल्लो ७ महिनामा २७ गैंडा मरेका छन् । चार महिनायता चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा बाघले एकसिंगे गैंडाका ४ वटा बच्चा (केटो) मारिसकेको छ । अर्कोतर्फ भाले गैंडाहरू भासमा परेर मर्ने क्रमसमेत बढ्दै गएको छ । गत साउनयता २७...
विद्यार्थीको आन्दोलनपछि नियमित पढाउन बाध्य त्रिभुवन माविका शिक्षक
मकवानपुर । विद्यार्थीको आन्दोलनपछि त्रिभुवन माध्यमिक विद्यालयका शिक्षकहरुले नियमित पठनपाठन गराउने भएका छन् । हेटौंडा–११ नवलपुरस्थित त्रिभुवन मावि ठप्प भएको पठनपाठन विद्यार्थीको आन्दोलनसँगै पुनः नियमितरुपमा सुचारु हुने भएको हो । मंगलबार नियमित रुपमा पठनपाठन हुुनुपर्ने भन्दै विद्यार्थीहरुले राजमार्ग अवरुद्ध गरेपछि शिक्षकहरु पठनपाठन नियमित गर्न बाध्य भएका हुन् । विद्यालयको...
महिलाहरुको आयआर्जन वृद्वि गर्न २० जनालाई बाख्रा विरतण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१ नम्वर वडा कार्यालयले महिलाहरुको आयआर्जन बृद्वि गर्न बाख्रा विरतण गरेको छ । वडा कार्यालयले महिलाहरुको आयआर्जन बृद्वि गर्दै आर्थिकरुपमा आत्मनिर्भर बनाउन २० जना महिलालाई बाख्रा वितरण गरेको हो । वडा अध्यक्ष सबिन न्यौपानेको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा २० जना महिलालाई करिब ३ लाख बराबरको बाख्रा...
हेटौंडाको खोपेखल्लीमा छुरी हानाहान, एकजना गम्भीर घाइते
मकवानपुर । हेटौंडा–४, खोपेखल्ली नजिकै छुरी हानाहन हुँदा एकजना गम्भीर घाइते भएका छन् । मंगलबार दिउँसो छुरी हानाहान भएको हो । सडकमा हिँडिरहेका बेला दुइजना स्कुटरमा आएका केटाहरुले छुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । छुरी प्रहार गर्नासाथ उनीहरु फरार भएको प्रत्यक्षदर्शीले बताए । छुरी प्रहारबाट घाइतेको हेटौंडा अस्पतालमा...
उल्टो पैदल यात्री ऋषि परियार २५ दिनमा हेटौंडा आइपुगे
मकवानपुर । उल्टो पैदल यात्रा सुरु गरेर मेचीदेखि महाकालीसम्मको यात्रामा हिँडेका दाङ तुलसीपुर–३ रानागाउँका ३० वर्षीय ऋषि परियार २५ दिनमा हेटौंडा आइपुगेका छन् । मंगलबार करिब १ बजेको समयमा उनी हेटौंडा आइपुगेका हुन् । उनले काँकरभिट्टाको मेची नदि किनारबाट उल्टो पैदलयात्रा सुरु गरेका थिए । करिब दुई महिनाभित्र महाकाली...
भक्तपुरबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ
भक्तपुर । भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परेका छन् । भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ । यसअघि पनि मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका थिए ।
१२ प्रहरी जवान सम्पर्क बाहिर, हाजिर हुन ७ दिने म्याद
काठमाडौं । १२ जना जवान सम्पर्कमा नरहेपछि प्रहरी प्रधान कार्यालयले हाजिर हुन आउन सात दिने म्याद दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना जारी गरी बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो । सात...
ईन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना, लामाको मृत्यु
मकवानपुर । ईन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ सुकौरामा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो। कुलेखानी फाखेल काठमाडौं सडकखण्ड अन्तर्गत काठमाडौंबाट ईन्द्रेसरोवर कंलकीतर्फ जाँदै गरेको बा ५७ प ८५७० नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ चालक सोही...









