मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अखबार हब
२०७८ फाल्गुन १४, शनिबार ०९:००

धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–१ को मंगलपुुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु भएको छ ।

सुदूरपश्चिम प्रदेश ०१०० १० प २०७७ नम्बरको मोटरसाइकल दुर्घटना हुुँदा चालक गौरीगंगाका ३३ वर्षीय साजन विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो ।

विकको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । मोटरसाइकल भने इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*