समाचार

लमजुङको बाँझखेत केन्द्रविन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । सोमबार राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने...

मन्त्रालय फुटाउन अगाडि रहेको बागमती सरकार कानुन निर्माणमा सुस्त

मकवानपुर । बागमती प्रदेशमा कानुन निर्माणमा सुस्तता देखिएको छ । मन्त्रालय विभाजन र मन्त्री नियुक्तिमा अग्रभागमा देखिएको प्रदेश सरकार स्थायी संरचना निर्माणमा मात्रै होइन कानुन निर्माणमा पनि सुस्त देखिएको हो। प्रदेशसभा र सरकार स्थापना भएको ४ वर्ष बितिसक्दा पनि अझै प्रदेश सरकारले कानुन अभावको कारण काम गर्न कठिनाई भएको...

प्रणामी व्यवसायी संघको चितवनमा शाखा विस्तार

मकवानपुर । प्रणामी समुदायभित्रका व्यवसायीहरुको संगठन प्रणामी व्यवसायी संघ चितवन शाखा गठन भएको छ । हेटौंडा केन्द्रीय कार्यालय रहेको प्रणामी व्यवसायी संघ नेपालले आफ्नो सातौं शाखाको रुपमा सोमबार चितवनमा संघ गठन गरेको हो । गौरव खतिवडाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । संघको उपाध्यक्षमा प्रदीप बाबु खनाल,...

बतासले दिएको रिटमा अन्तरिम आदेश दिन उच्च अदालतको अस्वीकार

काठमाडौं । पशुपति धर्मशाला सञ्चालनमा कुनै अवरोध नपुर्‍याउन आदेश माग गर्दै होटल आनन्द प्रालिले दिएको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यसअघि न्यायाधीश नरिश्वर भण्डारीको इजलासले पशुपति क्षेत्र विकास कोष लगायत सरकारी निकायलाई धर्मशाला सञ्चालनमा अवरोध नगर्नू भन्दै अल्पकालीन आदेश दिएको थियो। तर आज न्यायाधीशद्वय...

बैतडीमा टिपर दुर्घटनाः विद्यार्थीसहित ३ को मृत्यु, ५ घाइते

बैतडी । बैतडीको पाटन नगरपालिका—३ झालीमालीमा टिपर दुर्घटना हुदा दुई विद्यार्थीसहित ३ जनाको मृत्यु भएको छ । गुरुडा देखि धुरातर्फ गइरहेको बा ३ ख ४८७९ नं को टिपर दुर्घटना हुदा दुई विद्यार्थीसहित ३ जनाको मृत्यु भएको घटनास्थलमा खटिएका खोड्पे प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिए । मृत्यु...

मकवानपुरको मनहरीमा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा

मकवानपुर । स्थानीयस्तरमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको वडा नम्बर ७ मा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । मनहरी गाउँपालिका तथा हेटौँडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको दुई महिनापछि सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको सो गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दुई जना कर्मचारी...

एमसीसी संसद्ले पारित गर्न नमिल्ने दाबी गर्दै सर्वोच्चमा रिट, दर्ताको निर्णय भोलि हुने

काठमाडौं । प्रतिनिधि सभामा पुगेको एमसीसी सम्झौता संसद्ले पारित गर्न नमिल्ने भन्दै त्यसलाई रोक्न माग गरेर सर्वोच्च अदालतमा रिट पुगेको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त रिट पेस गरेका हुन्। सर्वोच्च प्रशासनका अनुसार रिट आएको तर प्रक्रियामा भने प्रवेश भएको छैन।भोलि मंगलबार मात्र रिट निवेदनका माग र दर्ता हुने...

मकवानपुर प्रहरीद्वारा अवैध लागूऔषधसहित २ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अबैध लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटे चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.४० प ६४७८ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले मोटरसाइकल चालक पर्सा वीरगञ्ज महानगरपालिका–९ वस्ने वर्षीय...

मुस्ताङको होटलमा अमेरिकन नागरिकको मृत फेला

मुस्ताङ । मुस्ताङमा भिसा अवधि सकिएर लुकिछिपी बस्दै आएका ५१ वर्षीय अमेरिकन नागरिक जेवई एल पेरीको आइतबार साँझ मृत्यु भएको छ ।उनको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीस्थित होटल रेड हाउसमा कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । अमेरिका स्थित क्यालिफोर्नियाका नागरिक जेवई एल पेरीको पार्सपोर्ट नम्बर...

बागमती प्रदेश सरकारद्वारा ६ करोडको सवारी खरिद

मकवानपुर । बागमती प्रदेश सरकारले विभाजित मन्त्रालयका लागि करिब ६ करोड रुपैयाँ बराबरको सवारी खरिद गरेको छ । हाल सत्ता गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्‍याउन विभाजन भएका मन्त्रालयका मन्त्री र सचिवका लागि करिब ६ करोड रुपैयाँ बराबरका सवारी खरिद गरिएको हो । हाल वाग्मतीमा माओवादी केन्द्र, कांग्रेस र नेकपा...