समाचार

फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?

काठमाडौँ । सरकारले फेरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो । जसअनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको बताइएको छ ।

मकवानपुरगढीमा ट्याक्टरबाट लडेर युवकको मृत्यु

मकवानपुर । मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरीमा ट्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शुसिल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । विकको शुक्रबार राति शिखरकटेरीमा अनटेष्ट ट्याक्टरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए । उनका अनुसार,...

राष्ट्रिय प्रजातन्त्र दिवस ! देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ। वि.सं २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले...

नगरकोटमा युवतीको रहस्यमय मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ६ मा एकजना महिलाको रहस्यमय ढंगबाट मृत्यु भएको छ । बिहीबार २२ वर्षकी सुर्यमाया तामाङको मृत्यु भएको भन्दै मृतकका श्रीमानले माइतीघर काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा न. २ मा रहेकी सासु आमालाई खबर गरेका थिए । मृतकले २०७७ साल चैतमा चाँगुनारायण ६ का राजिव...

बैंक तोडफोड गरेको आरोपमा युवक पक्राउ

दाङ । बाँकेको नेपालजञ्जस्थित राष्ट्रिय बाणिज्य बैंक तोडफोड गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । बैंकमा प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरी फरार भएको आरोपमा कैलालीको टीकापुर नगरपालिका–९ का २६ वर्षीय सन्जु विकलाई प्रहरीले पक्राउ गरेको हो । बैंक तोडफोड गरी भागेको अवस्थामा...

अदालत जाने तयारीमा सन्तोष चौलागाईं

मकवानपुर । वागमती प्रदेश सरकारले प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागााईलाई पदमुक्त गरेपछि उनी अदालत जाने भएको छन् । शुक्रबार विहान आफ्नो आधिकारीक फेसबुक पेजबाट उनले यस्तो बताएका हुन् । ‘ म चारवर्षका लागि उपाध्यक्षमा नियुक्त भएको हुँ । मैले परिषद्को गरिमालाई ध्यानमा राखी क्षेत्राधिकार भित्रै रहेर समग्र...

प्रहरीमा एआईजीको तीन दरबन्दी थप्ने निर्णय

काठमाडौं । नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन वटा विशिष्ट श्रेणीको दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । थप भएको दरबन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार...

युवा परिषद्का उपाध्यक्ष चौलागाईं पदमुक्त

मकवानपुर । प्रदेश सरकारले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई पदमुक्त गरको छ । बागमती प्रदेश सरकारको आज बसेको मन्त्री परिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको,सोधीएको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नदिएको,पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको,परिषद्को स्विकृति वेगर लोगो...

नोबेल मेडिकल कलेजका १४ विद्यार्थीलाई सुरक्षा खतरा !

विराटनगर । एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनमा उत्रिएका नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थीले आफूहरूलाई सुरक्षा खतरा रहेको बताएका छन् । एमबिबिएस प्रथम वर्षमा अध्ययनरत १४ विद्यार्थीले कलेज प्रशासनबाट अभिभावक र आफूहरुमाथि सुरक्षा खतरा रहेको भन्दै अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन माग...

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत भेटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला परेका छन् । निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै माउ र बच्चा गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा पूर्वी नवलपरासीको सिसुवार मध्यवर्ती सामुदायिक वनमा मृत फेला परेको निकुञ्जले जनाएको...