हेटौंडामा ग्यासको सिलिण्डर पड्किँदा घरमा आगलागी, एक घाइते

अखबार हब
२०७८ फाल्गुन ८, आईतवार २१:००

मकवानपुर । हेटौंडा–१, जरुवा टोल नजिकै पानसुके चोकमा ग्यासको सिलिण्डर पड्किँदा घरमा आगलागी भएको छ ।

स्थानीय अनुसार घरमा आगलागी भइरहेको छ । अहिले हेटौंडा उपमहानगरपालिकाको दमकल घटनास्थलमा पुगेको छ । नियन्त्रणको प्रयास भइरहेको छ ।

आगलागीमा परी ४५ वर्षको सुमित मिश्र घाइते भएका छन् । स्थानीयका अनुसार तीन तले घरमा आगलागी भएको हो । आगलागीका कारण अहिले त्यसक्षेत्रमा विद्युत् विच्छेद भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*