समाचार
पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी
काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै निगमले फेरि मूल्य बढाउने तयारी गरेको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल ५ रुपैयाँ ६१ पैसा, डिजेल ५ रुपैयाँ ६२ पैसा...
स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाही । सर्लाहीको लालबन्दीमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर बस्ने ६० वर्षीय रामलाल पाख्रिन रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । पाख्रिन सवार ज १२ प ३८०३ नम्बरको स्कुटर लालबन्दी नगपालिका–९, स्थित भित्री सडक खण्डमा...
काठमाडौंका विभिन्न स्थानबाट ६ जना बन्दकर्ता पक्राउ
काठमाडौं । जबरजस्ती बन्द गराउन खोज्ने ६ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेको छ । एमसीसीको विरोधमा विभिन्न ५ कम्युनिस्ट पार्टी र एक मोर्चा संगठनले बन्द आह्वान गरेको हो । सुरक्षा व्यवस्था चुस्त बनाइएकाले बन्दको खासै असर देखिएको छैन । तर, बन्द गराउन निस्केहरुले कोटेश्वर चोकमा ट्याक्सी जलाउने...
अनुमतिबिना खोला उत्खनन् गर्ने ७ वटा टिपर नियन्त्रणमा
जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ६ लेनको सडक बनाउने जिम्मेवारी पाएको चिनियाँ निर्माण कम्पनीले जथाभावी तरिकाले खोला उत्खनन् गर्ने गरेको पाइएको छ । आफूखुशी बालुवा र गिट्टी उत्खनन् गरेर ती कम्पनीका कामदारले सडक बनाउने काममा प्रयोग गरिरहेका छन् । पछिल्लो पटक प्रहरीले धनुषाको गणेशमान...
११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ जना सहसचिवको सरुवा गरेका हुन् । सहसचिव खेमराज कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ भने सेवन्तराज दाहाललाई निर्वाचन आयोगबाट सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा...
कोरोना खोपमा गम्भीर लापरबाही भएको छानबिन समितिको निष्कर्ष
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले कोरोना भाइरसविरुद्धको खोप अभियानमा गम्भीर लापरवाही भएको बताएको छ । कोभिड–१९ विरुद्धको खोप छानबिन समितिले तयार पारेको प्रतिवेदन अनुसार पैसा लिई खोप लगाएको, खोपको उचित भण्डारण नगरेको कारणले धेरै खोप प्रयोग गर्न नमिल्ने भएको बताएको छ । समितिले खोप...
जेएसबीलाई कालोसूचीमा राख्ने प्राधिकरणको निर्णय
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चीनको झेजियाङस्थित ट्रान्सफर्मर उत्पादक ‘जीएसबी’ कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ । कम्पनीका पावर ट्रान्सफर्मरमा पटक–पटक समस्या देखिएपछि प्राधिकरणले जीएसबीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । केही दिनमा नै प्राधिकरणले सार्वजनिक खरिद अनुगमन कार्यालयमा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्नेछ । एक वर्षका लागि कम्पनीलाई प्रतिस्पर्धामा...
जवर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
काठमाडौं । प्रहरीले २४ वर्षपछि बलात्कार मुद्दाका दोषीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभा जिल्लाको साविक मकालु गाविस–९ हालको मकालु गाउँपालिका वडा नं १ बस्ने मिङ्तेम्बा शेर्पा रहेका छन्। शेर्पा समेतले २०५४ पुस १८ गते घर फर्कंदै गरेकी महिलालाई मकालु गाउँपालिकास्थित चत्चेक भन्ने स्थानमा एक्लै फेला पारी मारिदिने धम्की...
थाइल्याण्डबाट काठमाडौं अवतरण गरी भैरहवा पुग्नेछ क्यालिब्रेसन फ्लाइट गर्ने जहाज
काठमाडौं । निर्धारित तालिका अनुसार आगामी बिहीबार (५ फागुन) साँझ थाइल्याण्डबाट एक जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । यो जहाज थाइल्याण्डबाटै सिधै भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको थियो । तर, भैरहवा विमानस्थलमा अध्यागमनसम्बन्धी काम सुरु नभएका कारण जहाज काठमाडौं आउन लागेको हो । काठमाडौंबाट सम्भव भए...
कार्चेन लामालाई मन्त्रीबाट हटाउन माग गर्दै उच्च अदालतमा रिट
सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डोल लामा (कार्चेन) लाई हटाउन माग गर्दै उच्च अदालतमा रिट दायर भएको छ । फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै उनलाई मन्त्री बनाउने निर्णय खारेज गर्न माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको हो ।...










