समाचार

मदन भण्डारी राजमार्गमा अलमल, चार वर्ष बित्दा ३२ प्रतिशत प्रगति

काठमाडौँ । मदन भण्डारी राजमार्ग निर्माण थालेको चार वर्ष पुग्न लाग्दा यसको भौतिक प्रगति ३२ प्रतिशत मात्र छ । निर्माणको समय तीन वर्ष बाँकी छँदा प्रगति सोचेअनुरूप छैन । बजेट पर्याप्त नहुनु र पटकपटक रेखांकन परिवर्तन भइरहनु प्रगति कम हुनुको मुख्य कारण रहेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । बजेट...

नियमभित्र खेल्ने खेल हैन, खेलले नियम बनाउने मेरो देश

हेब्रु युनिभर्सिटी अफ जेरुसेलममा कार्यरत अन्तर्राष्ट्रिय सम्बन्ध मामलाका प्रोफेसर रेमण्ड कोहेनले आफ्नो अनुसन्धानमूलक आलेखमा लेखेका छन्, ‘खेलका नियमहरूले द्वन्द्व रोक्न र समस्यालाई सहजीकरण गरेर सुव्यवस्था कायम गर्न मद्दत गर्दछ ।’ अल्बर्ट आइन्सटाइनले त खेलको नियमलाई जोड दिंदै बारम्बार दोहोर्‍याएका छन्– ‘जीवन त खेल जस्तै हो । पहिला खेलको नियम...

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–१ को मंगलपुुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । सुदूरपश्चिम प्रदेश ०१०० १० प २०७७ नम्बरको मोटरसाइकल दुर्घटना हुुँदा चालक गौरीगंगाका ३३ वर्षीय साजन विकको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मोटरसाइकल अनियन्त्रित...

६३ वर्षका वृद्धद्वारा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

मोरङ । मोरङको लेटाङमा ६३ वर्षीय वृद्धले १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेका छन् । बुधबारदेखि हराइरहेकी लेटाङ– ८ ज्यामिरे टोलकी करुणा राईको नग्न शव शुक्रबार स्थानीय लालहिरा सामुदायिक वन क्षेत्रमा खाल्डो खनेर गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो । बालिकाका छिमेकी दीपक गिरीले बलात्कारपछि अपराध लुकाउन हत्या गरेको र उनको...

नेपाल आज र सगरमाथा खबर प्रेस काउन्सिलको कालोसूचीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले दुई वटा अनलाइनलाई कालोसूचीमा राखेको छ। आचारसंहिता अनुगमन उपसमितिको शुक्रबार बसेको बैठकलले नेपाल आज डटकम र सगरमाथाखबर डटकमलाई कालोसूचीमा राखेको हो। नेपाल आजले पटक–पटक व्यक्तिगत जीवनमा आँच आउने गरी समाचार लेख्ने गरेको, खण्डन प्रकाशन गर्न दिइएको निर्देशन पालना नगरेको, सचेत र ध्यानाकर्षण गराउँदा पनि...

संघीय सरकारविरुद्धको मुद्दामा अन्तरकालीन अन्तरिम आदेश जारी

काठमाडौं । मधेश प्रदेश सरकारले संघीय सरकार विरुद्ध दायर गरेको मुद्दामाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले अन्तरकालीन अन्तरिम आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतले संघीय सरकारले प्रहरी भर्नाका लागि आह्वान गरेको विज्ञापन विरुद्धको रिटमा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । प्रदेशमा प्रहरी समायोजन नगरी संघ सरकारले एकलौटी ढंगले...

सेनाले निष्क्रिय पार्‍यो ‘नो एमसीसी’ लेखिएको बुलबुले गेटमा भेटिएको बम

सुर्खेत । सुर्खेतमा आज बिहानै प्रेसर कुकर बम फेला पेरेको छ । वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले उद्यानको गेटमा बम फेला परेको हो । बिहान साढे ८ बजे शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । ‘नो एमसीसी’ लेखिएको...

आज एमसीसी सम्झौताबारे छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिध सभाको बैठक आज बस्दै छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो । बैठक आज १ बजे बस्नेछ । बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था...

उपाध्यक्ष चौलागाईंलाई नहटाउन उच्च अदालत हेटौंडाको आदेश

मकवानपुर । वागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईलाई काम गर्न अबरोध नगर्न उच्च अदालत हेटौँडाले वागमती प्रदेश सरकारलाई आदेश दिएको छ । फागुन ५ गते वागमती प्रदेश सरकारको मन्त्री परिषदको निर्णयबाट चौलागाईलाई पदमुक्त गरिएको थियो । मन्त्रीपरिषदको निर्णय बिरुद्ध चौलागाईले उच्च अदालत पाटन हेटौँडा इजलाशमा फागुन ११ गते...

भोली दिउँसो १ बजेसम्मका लागि स्थगित भयो प्रतिनिधि सभाको बैठक

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजको संसद बैठक स्थगित गरिएको हो । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने भएकाले...