समाचार

जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्यो थाहानगर

मकवानपुर । उत्तरी मकवानपुर रहेको थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार थाहा नगरपालिका मकवानपुर जिल्लाकै उत्कृष्ट भएको हो । थाहाले आयोगको मुल्याङ्कनमा ७०.०८ अंक प्राप्त गरेको थाहा नगरपालिकाका स्थानीय तहको कार्य सम्पादन प्रगति अनलाइन रिपोटिङ फोकल पर्सन...

गैंडा मारी खाग चोरी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गत असारमा गैंडा मारी खाग चोरी लगेको घटनामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–२ घर भएका ४० वर्षीय राजन प्रजा छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बनस्थलीबाट...

सेना, प्रहरी र साझाका पम्पले निगमसँग नियमित इन्धन किन्दै

काठमाडौं । निजी पम्प व्यवसायीले ढुवानी अवरोध गरेपनि सरकारी स्वमित्वका संस्था तथा कम्पनीका पम्पहरुले भने इन्धन ढुवानी नियमित राखेका छन् । निगमको थानकोट डिपोकाअनुसार शुक्रबार मध्यान्हसम्म नेपाली सेना, नेपाल प्रहरी र साझा सहकारीका पेट्रोल पम्पहरुले दुई लाख लिटर डिजेर र पेट्रोल खरिद गरेका छन् । यस्तै उपत्यकाबाहिर पनि प्रहरी,...

मानव अधिकार रक्षक सम्बन्धी प्रादेशिक सम्मेलन हेटौंडामा

मकवानपुर । मानव अधिकार रक्षक सम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन हेटौंडामा हुने भएको छ । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको आयोजनामा मानव अधिकार रक्षक सम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन हुने भएको छ । सातवटै प्रदेशमा भोली शुक्रबार र शनिबार एकै पटक सम्मेलन सुरु गरिने जनाइएको छ । हेटौंडामा...

अझै नियन्यन्त्रणमा आएन भुस गोदाममा लागेको आगो

मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नंबर ८ विकास टोल स्थित एक भुस गोदाममा लागेको भिषण आगलागी अझै नियन्त्रणमा आएको छैन् । गएराति साँडे ११ बजेबाट स्थानीय टिका प्रसाद कडेलको भुसको गोदाममा आगलागी भएको थियो । आगलागी हालसम्म पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रह्री प्रवक्ता जयश्वर रिमालले जानकारी...

आयुर्वेदिक अस्पतालका १२ अध्यक्षलाई तत्काल नहटाउन उच्च अदालत हेटौंडाको आदेश

मकवानपुर । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हटाएका आयुर्बेदिक अस्पतालका १२ जना अध्यक्षलाई तत्काल नहटाउन दिएको अन्तरिम आदेशलाई उच्च अदालत पाटन हेटौंडा ईजलाशले निरन्तरता दिएको छ । न्यायिधश साबिर हुसेन र निर्मला शाक्यको ईजलाशले दुबै पक्षका कानुन ब्यबसायीहरूको बहसपछि अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । रिट निबेदनको अन्तिम टुंगो...

खर्च बढाउन बागमती सरकारको २३ सय टुक्रे योजना

मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो खर्च बढाउन धमाधम टुक्रे योजना वितरण गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै गठबन्धन सरकारले ५ लाख दरका दुई हजारभन्दा बढी टुक्रे योजना वितरण गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा चालु आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने गरी २ हजार...

मोटरसाइकल चोरीको आरोपमा मकवानपुरबाट दुई जना पक्राउ

मकवानपुर । मोटरसाइकल चोली गरेको आरोपमा मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११ नमुनाचोकमा डेरा गरी बस्ने २३ वर्षीय बिशाल बिश्वकर्मा र हेटौंडा उपमहानगरपालिका–१० घर भई मनहरी गाउँपालिका–८ सिम्पानीमा अटो ग्यारेज सञ्चालन गरि डेरा गरि बस्ने २२ वर्षीय रवि साह रहेका छन् । जिल्ला...

पत्रकारका माग पूरा गर्न मन्त्रालयमा छलफल गरिने

काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको आधारभूत तलब पछिल्लो तलबको २५ प्रतिशतका दरले वृद्धि गर्न सरकारसमक्ष सिफारिस गरेको छ। समितिले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सिंहदरबारस्थित मन्त्रालयमा ‘श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरवलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेस गर्दै श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत...

ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं । ग्याल्पो ल्होसारको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिइएको जनाएको हो । आदिवासी जनजातिले मनाउने ल्होसार पर्वमा पछिल्ला वर्ष सरकारले सार्वजनिक बिदा दिन थालेको छ ।