समाचार

मोटरसाइकलले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जको राँझा चोकमा मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक जाँचमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले गए राति नेपालगन्ज उपमहानगरपालिका–२०, राँझा चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाही र प्रहरीजवान नरेशकुमार चौधरीलाई...

कोरोना संक्रमित घटेसँगै मकवानपुर प्रशासनले हटायो प्रतिबन्धात्मक आदेश

मकवानपुर । जिल्लामा कोरोना संक्रमितको दर घटेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले विभिन्न क्षेत्रमा लगाएको प्रतिबन्धहरु हटाएको छ । सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीद्वारा विभिन्न मितिमा जारी गरिएको प्रतिबन्धात्मक आदेशहरु आज (सोमबार)बाट लागु हुने...

हेटौंडा अस्पतालका सुत्केरीलाई अनेम संघको पौष्टिक आहार

मकवानपुर । हेटौंडा अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ हेटौंडा उपमहानगरपालिका कमिटीले अस्पतालका सुत्केरी महिलाहरुका लागि पौष्टिक आहार वितरण गरिएको हो । बागमती प्रदेशका पूर्व सामिाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख...

अनेरास्ववियु मकवनापुर महिला विभागद्वारा स्टेसनरी सामाग्री सहयोग

मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुर, महिला विभागले स्टेसनरी सामाग्री वितरण गरेको छ । ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज सोमबार विभागले मनहरी वडा नं. २ स्थित सीता माविका विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण गरेको हो । अनेरास्ववियु मकवानपुर महिला विभाग प्रमुख स्वेच्छा दंगालको अध्यक्षतामा...

ललितपुरमा पाँचै जनाको निस्सासिएर मृत्यु भएको आशंका

काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४, नल्लुमा एकै परिवारको पाँच जनाको मृत्यु हुनुको कारण ‘कार्बन पोइजनिङ’ हुनसक्ने देखिएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार घटनास्थलमा पुगेका पाटन अस्पतालका फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’का कारण मृत्यु भएको प्रारम्भिक जानकारी दिएका हुन् । अस्पतालका एक चिकित्सकका अनुसार निसास्सिएर मृत्यु...

धरानमा करेन्ट लागेर एकजनाको मृत्यु

सुनसरी । सुनसरीको धरानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । धरान १५ कृष्णापथमा करेन्टलागेर १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ वर्षीय मौसम प्रधान रहेका छन् । स्थानीय पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागेर छतबाट भुइँमा लडेर घाइते...

रेखा थापाविरुद्ध गालीगलौजको जाहेरी परेपछि शर्मिला वाइबा प्रहरी नियन्त्रणमा

काठमाडौं । अभिनेत्री रेखा थापाविरुद्ध गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ । गालीगलौजको जाहेरी परेपछि काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए । उनीमाथि अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै गत...

लागुऔषध खैरो हेरोईनसहित हेटौंडाबाट दुईजना पक्राउ

मकवानपुर । लागुऔषध खैरो हेरोईनसहित मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१० का २२ वर्षीय थिल्ले लामा तामाङ र हेटौंडा उपमहानगरपालिका–४ का २६ वर्षीय अजय घले रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनिहरुलाई हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको...

नेपाल एयरलाइन्सले पायो साउदीका विभिन्न शहरमा उडानको अनुमति

काठमाडौं । नेपाल एयरलाइन्सले साउदी अरबका विभिन्न शहरमा उडान भर्न पाउने गरी अनुमति पाएको छ । साउदी अरबको नागरिक उड्डयन प्राधिकरणले सोमबार निगमलाई रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउने गरी अनुमति प्रदान गरेको हो । साउदी अरेवियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई...

सुर्खेतमा युवक मृत्युको घटनामा असईविरुद्ध किटानी जाहेरी

सुर्खेत । सुर्खेतमा मृत्यु भएका कालीकोटका युवक कृष्ण हमाल ‘मिनी’का बाबु हिराचन्द्रले सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज असई शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् । कालीकोटको तिलागुफा नगरपालिका–३ का २५ वर्षीय हमालको प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै असइई धामीविरुद्ध उजुरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी...