पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

अखबार हब
२०७८ फाल्गुन २५, बुधबार १५:२९

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसद् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा छलफल गरेको थियो । समिति सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताए ।

नेपाल आयल निगमा उचित माग सम्बोधन गर्न पनि सरकारलाई सचेत गराइएको श्रीवास्तवले जानकारी दिए । ‘उपभोक्तालाई मार नपर्ने गरी सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् । यसको लागि नेपाल आयल निगम पनि धरासायी स्थितिमा पुगेको हुनाले सम्बन्धित निकायलाई आयल निगमको जायज मागहरूको सम्बोधन होस् भन्ने समितिको ठहर रहेको छ,’ उनले भने, ‘उपभोक्ताले सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् भनेर समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।’

मूल्य नियन्त्रण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*