समाचार

विद्यार्थी मृत्यु प्रकरणः सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा कायमै

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–९ सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेबाट जारी गरिएको अनिश्चितकालीन निषेधाज्ञा कायमै रहेको छ । मंगलबार सुन्दरबजार नगरपालिका-९ मा फ्युचर स्टार आवासीय विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र १८ वर्षीय सनिज श्रेष्ठको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएपछि सिर्जना भएको प्रदर्शनलाई मध्यनजर राखेर...

एक महिनामै प्रतिकिलो ३६ रुपैयाँसम्म बढ्यो डण्डीको मूल्य

काठमाडौं । बजारमा डण्डीको मूल्यमा उच्च दरमा वृद्धि भएको छ । एक महिनामा प्रतिकिलो ३६ रुपैयाँसम्म मूल्य बढेको हो । गत माघमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुमगनमा डण्डीको मूल्य प्रतिकिलो ८८ रुपैयाँ थियो । तर, फागुनको तेस्रो साता सकिंदा बजारमा डण्डीको मूल्य १२४ रुपैयाँ पुगेको...

मूल्य बढाएपछि खाने तेलको निर्यात रोक्न छलफल

काठमाडौं । नेपालबाट भारततर्फ निर्यात हुने खाने तेलको निर्यात रोक्न सरकारले छलफल थालेको छ । नेपालमा कृत्रिम अभाव सिर्जना गरेर तेल भारततर्फ निकासी भइरहेपछि निर्यातमा कडाइ गर्न खोजिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । स्वदेशको खपतभन्दा पनि उच्च मात्रामा नेपालमा तेल आयात भए पनि व्यवसायीले भारततर्फ निर्यात...

पल शाह र नाबालिगबारे भ्रामक सामग्री प्रसारण गरेको आरोपमा थप दुई युट्युबर पक्राउ

काठमाडौं । चलचित्र अभिनेता पल शाह प्रकरणमा अनर्गल सामग्री प्रसारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले थप दुईजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल मिडिया नामका युट्युब च्यानलका सञ्चालक हरि उदासी भन्ने हरि परियार र विशाल नेपाल युट्युब च्यानलका सञ्चालक निशान चिलवाल छन् । काठमाडौंका भीमढुङ्गा घर भएका...

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसद् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा छलफल गरेको थियो । समिति सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध...

जफत भएका २० वटा ड्रोन प्राधिकरणले लिलाम गर्ने

काठमाडौं । अनुमतिबिना विभिन्न स्थानमा उडाउँदा जफत भएका २० वटा ड्रोन नेपाल नागरिक उड्डयन प्राधिकरणले लिलाम बिक्री गर्ने भएको छ । मानवरहित हवाई उपकरणहरु जफत भएपछि प्राधिकरणमा बुझाउने गरिन्छ । खासगरी गृह प्रशासनबाट यस्तो ड्रोनहरु जफत हुने गरेको छ । प्राधिकरणले बुधबार बोलपत्र आह्वान गर्दै ड्रोन लिलामका लागि आह्वान...

चुनावलक्षित टुक्रे योजनामा बजेट बाँड्दै बागमती सरकार

मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बागमती सरकारले चुनावलक्षित भएर बजेट बाँड्न थालेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै प्रदेश सरकारले चुनावलक्षित गरेर बजेट वितरण गर्न थालेको हो। चालू आव ०७८/७९ को ८ महिना हुन लाग्दासम्म पनि बजेटको २० प्रतिशत पनि खर्च गर्न नसकेको सरकारले...

सञ्चारिका समूहद्धारा पत्रकारलाई सेनेटरी प्याड

मकवानपुर । सञ्चारिका समूह नेपाल मकवानपुरले महिला पत्रकारहरुका लागि सेनेटरी प्याड वितरण शुभारम्भ गरेको छ । ११२औं नारी दिवसको अवसरमा सञ्चारिका समूह मकवानपुरले मंगलबार पत्रकार महिलाहरुबीच मैत्रीपूर्ण फुटसल खेलको आयोजना गर्दै प्याड वितरण कार्यक्रमको शुभारम्भ गरेको हो । सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजालको अध्यक्षता तथा हेटौंडा उपमहानगरका उपमेयर...

बागमतीमा एसईई परीक्षाको तयारी तीव्र

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने एसईई परीक्षाको तयारी तीव्र बनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक वर्षदेखि प्रदेश सरकारलाई केही जिम्मेवारी दिएसँगै तयारीलाई तीव्र बनाइएको हो। शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले एसईईका लागि उत्तर पुस्तिका छपाईको कामको सुरुआत गरिसकेको छ। चैत...

‘सन्तोषी वनकरिया’ लोपोन्मुख समुदायबाट उदायकी एक उदाहरणीय पात्र

मकवानपुर । सन्तोषी वनकरिया । लोपोन्मुख समुदायबाट उदायकी एक उदाहरणीय पात्र । जो वनकरिया समुदायलाई शिक्षित र आत्मनिर्भर बनाउने अभियानमा छिन् । उनलाई गाउँमा सबैले सन्तोषी दिदी भन्छन् । किनकी उनी साँच्चिकै गाउँका बालबालिकाको लागि ज्ञान छर्ने दिदी बनेकी छन् ।सरकारले लोपोन्मुख समूहमा राखेको वनकरिया समुदायमा जन्मिएर पनि उनले...