समाचार

खैरो हिरोइन कारोबारीको गिरोहमा सशस्त्र प्रहरीका हवल्दार पनि, ११ जना पक्राउ

काठमाडौं । लागूऔषध खैरो हिरोइनको कारोबारमा सशस्त्र प्रहरी बलका एक जना हवल्दारको संलग्नता देखिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले गरेको अनुसन्धानका क्रममा सशस्त्र प्रही बलको नं.२ हेडक्वार्टर झापामा कार्यरत सशस्त्र प्रहरी हवल्दार खगेन्द्र भुजेलको लागूऔषध कारोबारमा संलग्नता देखिएको हो । ब्यूरोका प्रमुख एसएसपी हृदय थापाका अनुसार एक जना...

यी हुन् सबैभन्दा कम मतदाता रहेका ३ जिल्ला र ३ पालिका

काठमाडौं । सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङ हो । निर्वाचन आयोगका अनुसार मनाङमा ६ हजार ५७१ मतदाता रहेका छन् । मनाङपछि मुस्ताङ कम मतदाता रहेको जिल्ला हो । मुस्ताङमा १० हजार ७९० जना मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता रहेको ३ जिल्लामा डोल्पा पनि परेको छ ।...

पल शाहका म्यानेजर कृष्णप्रसाद जोशी पक्राउ

काठमाडौं । बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ । पल शाहको आर्थिक कारोबार लगायत व्यवस्थापनको जिम्मेवारी लिएका कृष्णप्रसाद जोशीलाई पक्राउ गरिएको जिप्रका तनहुँका डिएसपी युवराज खड्काले बताए । नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले जोशीलाई तनहुँबाट पक्राउ...

महानगरको प्रमुख उपप्रमुख लड्नेले साढे ७ लाखमात्रै खर्च गर्न पाउने

काठमाडौं । आगामि बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा महानगरपालिकाको मेयर वा उपमेयरको उम्मेदवारले बढीमा ७ लाख ५० हजार मात्रै खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले २०७४ सालको स्थानीय निर्वाचनमै तोकिएको खर्च सीमालाई निरन्तरता दिएको हो । शुक्रबार राजनीतिक दलका प्रतिनिधिहरुसँग गरेको छलफलमा आयोगले उम्मेदवारहरुको खर्च सीमाबारे...

प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको सम्भावित कार्यसूची सर्वाजनिक गरिएको छ । आइतबार दिउँसो एक बजे बस्ने प्रतिनिधिभासको बैठकका लागि संघीय संसद सचिवालयले शुक्रबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने छन् । यस्तै सभामुख...

पत्रकारलाई ओलीको सुझाव– फेसबुकमा अनावश्यक स्टाटस नलेखौँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालहरूमा फाल्तु कुरा नलेख्न पत्रकारहरूलाई सुझाव दिएका छन् । एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ महाधिवेशनको शुक्रवार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले अरूको समय बर्बाद गर्ने गरी स्टाटस नलेख्न ओलीले सुझाव दिएका हुन् । ‘हामी यस्तो चिज मात्र...

प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई भने– एमसीसीको ठेक्का लिने हिम्मत गर्नुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबाले एमसीसीका परियोजनाहरु निर्माणका लागि एमसीए–नेपालले गर्ने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभा काठमाडौंमा उद्घाटन गर्दै देउवाले ग्लोबल टेन्डरमा भाग लिने हिम्मत गर्न व्यवसायीलाई आग्रह गरेका हुन् । उनले एमसीसीको टेन्डरबाट नेपाली कम्पनी...

फेरि बढ्यो कुखुराको मासुको मूल्य

काठमाडौं । ब्रोइलर कुखुरा उत्पादकहरुले एक सातामै दोस्रो पटक कुखुराको मासुको मूल्य बढाएका छन् । गत सोमबार किलोमा १० रुपैयाँले बढाएर प्रतिकिलो २९० रुपैयाँ पुर्‍याइएको जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य शुक्रबारदेखि पुनः बढेको हो । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघकाअनुसार शुक्रबारबाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य...

चिकित्सा शिक्षा स्नातक तहको परीक्षा चैत १८ गतेदेखि

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी चैत १८ गतेदेखि गर्ने भएको छ । आयोगले परीक्षाको समय तालिका सार्वजनिक चैत १८, २० र २१ गते गर्ने जनाएको हो । आयोगको अनुसार बिहान ११ बजेदेखि हुने परीक्षा चैत १८ गते एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी...

२०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा

काठमाडौँ । सरकारले २०७९ सालमा शनिबारबाहेक विभिन्न पर्व दिवस भन्दै ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले १ वैशाखदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो। २०७९ सालमा शनिबार मात्रै ५२ दिन रहेको छ। सरकारले वैशाख...