समाचार
हेटौंडा–७ स्थित एक गोठमा लागेको आगो नियन्त्रणमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. ७ स्थित एक गोठमा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार राती करिब ९ः३० बजे पराल राखिएको गोठमा लागेको आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको हेउमनपा बारणयन्त्र इन्चार्ज शुक्रबहादुर मोक्तानले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको उनले...
नेपाल चेम्बर अर्फ कर्मस् मकवानपुरको अध्यक्षमा न्यौपाने
मकवानपुर । नेपाल चेम्बर्स अफ कमर्स मकवानपुरको अध्यक्ष माधव न्यौपाने चयन भएको छ । कमर्सको मंगलबार भएको दोश्रो साधारण सभा तथा प्रथम अधिवेसनले न्यौपानेको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । कर्मसको उपाध्यक्ष कबिन सांगामी, महासचिव रविन्द्रप्रसाद घिमिरे, सचिवमा शेखर थपलीया, कोषाध्यक्षमा शम्भू पुडासैनी र सहकोषाध्यक्षमा विवेक...
म्यादी प्रहरीका लागि भर्ना खुल्यो, एक लाख जनाको माग (सूचनासहित)
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको छ । चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरेको छ । दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने भनिएको छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ...
बागमती प्रदेशसहित ३७ सरकारी वेबसाइटको डेटा चोरी (नामावली सहित)
काठमाडौं । नेपाल सरकारका विभिन्न ३७ ओटा सरकारी निकायका वेबसाइटहरूमा भएको चार हजार भन्दा बढी प्रयोगकर्ताको डेटा चोरी भएको छ । साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय कम्पनी डार्कट्रेसरले सार्वजनिक गरेको रिपोर्ट अनुसार ‘स्टिलर’ नामक माल्वेयर मार्फत सरकारी वेबसाइट ह्याक भएका हुन् । जस मार्फत कूल चार हजार ७०८...
माग सम्बोधन नभए ट्रक ग्यारेजमा थन्काउने व्यवसायीको चेतावनी
मकवानपुर । नेपाल ट्रक यातायात व्यवसायी महासंघले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई सात दिनभित्र ट्रकको समस्या समाधान गर्न अल्टिमेटम दिएका छन् । मंगलबार ज्ञापन पत्र बुझाउँदै संघले इन्धन मूल्यसँगै भाडा नबढ्दा ट्रक चलाउनै नसकिने भएको जनाएको छ । ७ दिनभित्र मूल्य समायोजन नभए ट्रक ग्यारेजमा थन्काउने चेतावनी दिइएको छ...
नवोदय ‘जुनियर साइन्टिस्ट’मा उत्कृष्ट पाँच छनौट
मकवानपुर । नवोदय शिशु सदनले ‘जुनियर साइन्टिस्ट’ कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई आधारभूत तहबाटै बैज्ञानिक सिकाई सिकाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयका विज्ञान विषयका सुपरिवेक्षक अरुण दाहालले बताए । उनका अनुसार विद्यार्थीहरुलाई आधारभूत तहबाटै यस किसिमको...
गुट चलाएको आरोपमा विवेकशील साझाका सांसद पौड्याल कारबाहीमा
मकवानपुर । बागमती प्रदेशका सांसद रमेश पौड्याल पार्टीको कारबाहीमा परेका छन् । विवेकशील साझा पार्टीले सांसद पौड्यालसहित २६ जना केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएको छ । मिलन पाण्डे पक्षीय प्रदेश सांसद पौड्याललगायत मूल बाटो नामक दस्तावेज ल्याउने नेताहरूलाई पार्टी अध्यक्ष रवीन्द्र मिश्रले कारबाही गर्दै जिम्मेवारीबाट मुक्त गरेका हुन् । यससँगै...
फारम भर्ने सेवाग्राही ५ लाख ७२ हजार नाघेपछि लाइसेन्सको आवेदन बन्द
काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणालीमा अधिक चाप परेपछि मंगलबारदेखि नयाँ आवेदन लिन बन्द गरिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार आवेदकको संख्या ५ लाख ७२ हजार पुगेपछि आवेदन प्रणाली बन्द गरिएको हो । विभागले अनिश्चितकालका लागि आवेदन बन्द गरेपछि लाइसेन्सको फारम भर्ने...
नेपाल खानेपानी संस्थानमा जागिर खुल्यो (विज्ञापनसहित)
काठमाडौं । नेपाल खानेपानी संस्थानमा रिक्त रहेका पदहरुमध्ये खुला प्रतियोगितात्मक अन्तरवार्ता परीक्षाद्वारा छ महिनाका लागि करार सेवामा पदपूर्तिका लागि योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको छ । संस्थानले उल्लेख गरेको योग्यता भएका व्यक्तिहरुले जुनियर प्लम्बर, लाइट ड्राइभर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, हेल्पर र कार्यालय सहयोगीको लागि आवदेश दिन सक्नेछन्...
आइओएमको सहायक डिनमा डा ज्ञवाली नियुक्त, विद्यार्थीको विरोध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको सहायक डिनमा डा प्रेमराज ज्ञवाली नियुक्त भएका छन्। त्रिवि कार्यकारी परिषदले चैत १ गतेदेखि लागू हुने गरी फागुन २७ गते डा ज्ञवालीलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालय सङगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद...










