आजको मौसमः बागमतीसहित चार प्रदेशमा हल्का वर्षाको सम्भावना

अखबार हब
२०७८ चैत्र २, बुधबार ०९:५०

काठमाडौं । आज पनि देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । बिहीबार देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल बंगलादेश तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*