समाचार

नेपाल चेम्बर अर्फ कर्मस् मकवानपुरको अध्यक्षमा न्यौपाने

मकवानपुर । नेपाल चेम्बर्स अफ कमर्स मकवानपुरको अध्यक्ष माधव न्यौपाने चयन भएको छ । कमर्सको मंगलबार भएको दोश्रो साधारण सभा तथा प्रथम अधिवेसनले न्यौपानेको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । कर्मसको उपाध्यक्ष कबिन सांगामी, महासचिव रविन्द्रप्रसाद घिमिरे, सचिवमा शेखर थपलीया, कोषाध्यक्षमा शम्भू पुडासैनी र सहकोषाध्यक्षमा विवेक...

म्यादी प्रहरीका लागि भर्ना खुल्यो, एक लाख जनाको माग (सूचनासहित)

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको छ । चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरेको छ । दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने भनिएको छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ...

बागमती प्रदेशसहित ३७ सरकारी वेबसाइटको डेटा चोरी (नामावली सहित)

काठमाडौं । नेपाल सरकारका विभिन्न ३७ ओटा सरकारी निकायका वेबसाइटहरूमा भएको चार हजार भन्दा बढी प्रयोगकर्ताको डेटा चोरी भएको छ । साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय कम्पनी डार्कट्रेसरले सार्वजनिक गरेको रिपोर्ट अनुसार ‘स्ट‍िलर’ नामक माल्वेयर मार्फत सरकारी वेबसाइट ह्याक भएका हुन् । जस मार्फत कूल चार हजार ७०८...

माग सम्बोधन नभए ट्रक ग्यारेजमा थन्काउने व्यवसायीको चेतावनी

मकवानपुर । नेपाल ट्रक यातायात व्यवसायी महासंघले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई सात दिनभित्र ट्रकको समस्या समाधान गर्न अल्टिमेटम दिएका छन् । मंगलबार ज्ञापन पत्र बुझाउँदै संघले इन्धन मूल्यसँगै भाडा नबढ्दा ट्रक चलाउनै नसकिने भएको जनाएको छ । ७ दिनभित्र मूल्य समायोजन नभए ट्रक ग्यारेजमा थन्काउने चेतावनी दिइएको छ...

नवोदय ‘जुनियर साइन्टिस्ट’मा उत्कृष्ट पाँच छनौट

मकवानपुर । नवोदय शिशु सदनले ‘जुनियर साइन्टिस्ट’ कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई आधारभूत तहबाटै बैज्ञानिक सिकाई सिकाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयका विज्ञान विषयका सुपरिवेक्षक अरुण दाहालले बताए । उनका अनुसार विद्यार्थीहरुलाई आधारभूत तहबाटै यस किसिमको...

गुट चलाएको आरोपमा विवेकशील साझाका सांसद पौड्याल कारबाहीमा

मकवानपुर । बागमती प्रदेशका सांसद रमेश पौड्याल पार्टीको कारबाहीमा परेका छन् । विवेकशील साझा पार्टीले सांसद पौड्यालसहित २६ जना केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएको छ । मिलन पाण्डे पक्षीय प्रदेश सांसद पौड्याललगायत मूल बाटो नामक दस्तावेज ल्याउने नेताहरूलाई पार्टी अध्यक्ष रवीन्द्र मिश्रले कारबाही गर्दै जिम्मेवारीबाट मुक्त गरेका हुन् । यससँगै...

फारम भर्ने सेवाग्राही ५ लाख ७२ हजार नाघेपछि लाइसेन्सको आवेदन बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणालीमा अधिक चाप परेपछि मंगलबारदेखि नयाँ आवेदन लिन बन्द गरिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार आवेदकको संख्या ५ लाख ७२ हजार पुगेपछि आवेदन प्रणाली बन्द गरिएको हो । विभागले अनिश्चितकालका लागि आवेदन बन्द गरेपछि लाइसेन्सको फारम भर्ने...

नेपाल खानेपानी संस्थानमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं । नेपाल खानेपानी संस्थानमा रिक्त रहेका पदहरुमध्ये खुला प्रतियोगितात्मक अन्तरवार्ता परीक्षाद्वारा छ महिनाका लागि करार सेवामा पदपूर्तिका लागि योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको छ । संस्थानले उल्लेख गरेको योग्यता भएका व्यक्तिहरुले जुनियर प्लम्बर, लाइट ड्राइभर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, हेल्पर र कार्यालय सहयोगीको लागि आवदेश दिन सक्नेछन्...

आइओएमको सहायक डिनमा डा ज्ञवाली नियुक्त, विद्यार्थीको विरोध

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको सहायक डिनमा डा प्रेमराज ज्ञवाली नियुक्त भएका छन्। त्रिवि कार्यकारी परिषदले चैत १ गतेदेखि लागू हुने गरी फागुन २७ गते डा ज्ञवालीलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालय सङगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद...

मकवानपुरमा बर्ड फ्लु पुष्टिसँगै नियन्त्रण गर्न तीन बुँदे निर्णय

मकवानपुर । मकवानपुरको भीमफेदीमा बर्ड फ्लु पुष्टि भएसँगै नियन्त्रण गर्न मकवानपुर प्रशासनले तीन बुँदे नियन्त्रणको प्रयास अघि बढाएको छ । भीमफेदी गाउँपालिका–२, आँपचौरस्थित लिला थिङको कुखुरा खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले नियन्त्रणको प्रयास अघि बढाएको हो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा...