आइओएमको सहायक डिनमा डा ज्ञवाली नियुक्त, विद्यार्थीको विरोध

अखबार हब
२०७८ चैत्र १, मंगलवार १३:१४

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको सहायक डिनमा डा प्रेमराज ज्ञवाली नियुक्त भएका छन्। त्रिवि कार्यकारी परिषदले चैत १ गतेदेखि लागू हुने गरी फागुन २७ गते डा ज्ञवालीलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो।

त्रिभुवन विश्वविद्यालय सङगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद ५१ को नियम १८२ (२) र (३) बमोजिम त्रिवि कार्यकारी बैठकले डा ज्ञवालीलाई सहायक डिनमा नियुक्त गरेको जनाएको छ।

डा ज्ञवालीको नियुक्तिपछि विद्यार्थीहरुले विरोध गरेका छन्। नेपाल विद्यार्थीसँग महाराजगञ्ज चिकित्सा क्याम्सप इकाले डिन कार्यालयमा सहायक डिन नियुक्तिको विरोधमा तालाबन्दी गरेका छन्। एकलौटी ढंगले सहायक डिन नियुक्त गरिएको भन्दै संघले डिन डा दिव्यासिंह शाह र त्रिवि उपकुलपति डा धर्मकान्त बास्कोटाको राजीनामा समेत माग गरेका छन्।

डा प्रेम ज्ञवालीलाई जिम्मेवारी दिइएको पत्र

तालाबन्दीपछि विद्यार्थीको विरोध पत्र

यसमा तपाइको मत

Your email address will not be published.


*