मकवानपुरमा बर्ड फ्लु पुष्टिसँगै नियन्त्रण गर्न तीन बुँदे निर्णय

अखबार हब
२०७८ फाल्गुन ३०, सोमबार २१:३७

मकवानपुर । मकवानपुरको भीमफेदीमा बर्ड फ्लु पुष्टि भएसँगै नियन्त्रण गर्न मकवानपुर प्रशासनले तीन बुँदे नियन्त्रणको प्रयास अघि बढाएको छ ।

भीमफेदी गाउँपालिका–२, आँपचौरस्थित लिला थिङको कुखुरा खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले नियन्त्रणको प्रयास अघि बढाएको हो ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा सोमबार बसेको बर्डफ्लु नियन्त्रण समितिले तीन बुँदे निर्णय गर्दै बर्ड फ्लु नियन्त्रण प्रयासका लागि तयारी अघि बढाएको हो । बर्ड फ्लु संक्रमण देखिएको स्थानमा टोली खटाएर काम अघि बढाइसकेको पाण्डेले बताए ।

‘हामीले तीन वटा निर्णय गरिसकेका छौं ।’ उनले भने, ‘नाकामा कुखुरा चेकजाँचलाई तीब्रता दिने, संक्रमित स्थानमा रहेका व्यक्तिको स्वास्थ्य जाँच गर्ने, बर्ड फ्लु संक्रमण पुष्टि भएको इलाकाभित्र चेकजाँचलाई तत्काल अघि बढाउने । यी निर्णय भएका छन् ।’ थिङको खोरमा टर्की ४३, लोकल कुखुरा १८, लौकाट ६, बोइलर १४ र परेवा २० वटा मरिसकेको छ । मकवानपुरमा ३ वर्षअघि बर्ड फ्लु देखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*