नवोदय ‘जुनियर साइन्टिस्ट’मा उत्कृष्ट पाँच छनौट
मकवानपुर । नवोदय शिशु सदनले ‘जुनियर साइन्टिस्ट’ कार्यक्रमको आयोजना गरेको छ ।
हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई आधारभूत तहबाटै बैज्ञानिक सिकाई सिकाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयका विज्ञान विषयका सुपरिवेक्षक अरुण दाहालले बताए ।
उनका अनुसार विद्यार्थीहरुलाई आधारभूत तहबाटै यस किसिमको प्रयोगात्मक सिकाईले पाठ्यवस्तुलाई बुझ्न र व्यवहारमा उतार्न सहज हुने भएकोले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको हो ।
मङ्गलबार नवोदय साइन्स क्लबको आयोजनामा भएको जुनियटर साइन्टिस्ट कार्यक्रममा उत्कृष्ट पाँच समूह छनौट भएका छन् । पानीको घनत्व प्रयोगात्मक गरेका सरल मैनाली, आर्थिक रिमाल, आरम्भजङ्ग थापा, सुभांश सुप्रिम कर्णको समूह उत्कृष्टमा पर्न सफल भए ।
त्यसैगरी ‘स्नेलस ल’ को प्रयोगात्मक प्रमाणीकरण गरेका सत्कार स्याङतान्, ‘इलेफेन्ट तुथपेष्ट’ प्रयोगात्मक गरेका वृष्टी जयस्थाल, युक्षिन वोइ, प्रतीक्षा बराल, कृज्मा अर्यालको समूह उत्कृष्ट घोषित भएका हुन् । त्यस्तै ‘कार्बन सुगर’ प्रयोगात्मक गरेका लिजा विष्ट, रोशनीकुमारी महतो, पूर्णता गोर्खाली र ‘सोप पावर बोर्ट’ प्रयोगात्मक गरेका उज्वल यादव र रौनककुमार कुसवाहको समूह पनि उत्कृष्टमा छनौट भए । कक्षा ४ देखि ९ सम्मका ३२ वटा समूहको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा विज्ञान विषयका शिक्षक रामकृष्ण श्रेष्ठ, ईशाक राई, अनुष्का श्रेष्ठ, सोनी लोप्चन, रवी हमाल, विपना खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । नवोदय विद्यालयका विद्यालय निर्देशक दीपेश जोशीले किताबलाई कोर्षको रुपमा मात्र नलिई व्यावहारिक उपयोगिताको बारेमा लिन विद्यार्थी समक्ष आग्रह गरे । नवोदय साइन्स क्लवका अध्यक्ष आर्यन ठाकुरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।







