नेपाल चेम्बर अर्फ कर्मस् मकवानपुरको अध्यक्षमा न्यौपाने

अखबार हब
२०७८ चैत्र १, मंगलवार २३:२०

मकवानपुर । नेपाल चेम्बर्स अफ कमर्स मकवानपुरको अध्यक्ष माधव न्यौपाने चयन भएको छ । कमर्सको मंगलबार भएको दोश्रो साधारण सभा तथा प्रथम अधिवेसनले न्यौपानेको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

कर्मसको उपाध्यक्ष कबिन सांगामी, महासचिव रविन्द्रप्रसाद घिमिरे, सचिवमा शेखर थपलीया, कोषाध्यक्षमा शम्भू पुडासैनी र सहकोषाध्यक्षमा विवेक भण्डारी चयन भएका छन् । समितिको सदस्यमा संजयकुमार गुप्ता, शर्मिला श्रेष्ठ, पारसमणी थिङ, सन्तोष खतिवडा, हरीशरण सुवेदी, गांगाप्रसाद पौडेल, राजेश अग्रवाल, शुसान्त खतिवडा, शिवनारायण श्रेष्ठ र लक्ष्मीनारायण श्रेष्ठ चयन भएका छन् ।

कमर्सका अध्यक्ष विजयलाल श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा नेपाल चेम्बर्स अफ कर्मसका केन्द्रीय बाणिज्य सभापती निरज राईको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश अध्यक्ष शिद्धिलाल श्रेष्ठको विषेश आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*