राक्सिराङमा तीनदिने मौरीपालन तालिम सुरु

अखबार हब
२०७८ फाल्गुन २९, आईतवार २१:४५

मकवानपुर । पश्चिम मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ८ मा तीन दिने मौरीपालन तालिम सुरु भएको छ ।

आज वमेन इन रोटरी कमिटी काठमाडौंको आर्थिक सहयोगमा र सिर्जनशिल कृषि सहकारी संस्थाको उपाध्यक्ष आइतसिंह चेपाङको अध्यक्षतामा तीन दिने मौरीपालन तालिम सुरु गरिएको हो ।

राक्सिराङ–८ का १५ चेपाङ परिवारलाई तालिम पछि प्रतिघर २ घार मौरी वितरण गर्ने वडा अध्यक्ष रामकृष्ण प्रजाले बताए ।

यमबहादुर चेपाङले सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथिमा राक्सिराङ गाउँपालिकाको प्रवक्ता तथा ८ नं. वडा अध्यक्ष रामकृष्ण प्रजा, विशिष्ठ अतिथिमा प्रशिक्षक शालिकराम बानियाँ, अतिथिमा नव जीवन निमाविका प्रधानाध्यापक नारायण महत्ता रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*