भीमफेदीमा देखियो बर्ड फ्लु, संक्रमित क्षेत्र प्रशासनको नियन्त्रणमा

अखबार हब
२०७८ फाल्गुन ३०, सोमबार १५:४८

मकवानपुर । मकवानपुरको एक कुखुरा फर्ममा बर्ड फ्लु देखिएको छ ।

भीमफेदी गाउँपालिका–२ स्थित एक कुखुरा फर्ममा बर्ड फ्लु भेटिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

बर्ड फ्लु संक्रमित क्षेत्र प्रशासनको नियन्त्रणमा रहेको प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले बताए ।

पछिल्लो समय देशको विभिन्न स्थानहरुमा बर्ड फ्लु रोग पुष्टि भईरहेको छ । मकवानपुरमा भने यस वर्ष पहिलो पटक बर्ड फ्लु संक्रमण देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*