तनहुँको दमौलीमा आगलागी, नियन्त्रणको प्रयास जारी
तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित हार्डवेयर पसलको गोदाममा भीषण आगलागी भएको छ । व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा भिषण आगलागी भएको हो ।
हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो ।
प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन । आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।







