अनेरास्ववियु मकवनापुर महिला विभागद्वारा स्टेसनरी सामाग्री सहयोग

अखबार हब
२०७८ फाल्गुन २३, सोमबार २०:३०

मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुर, महिला विभागले स्टेसनरी सामाग्री वितरण गरेको छ ।

११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज सोमबार विभागले मनहरी वडा नं. २ स्थित सीता माविका विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण गरेको हो ।

अनेरास्ववियु मकवानपुर महिला विभाग प्रमुख स्वेच्छा दंगालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु जिल्ला उपाध्यक्ष अमृत बर्तौला, अनेरास्ववियु मकवानपुरका सचिव पुष्कर तिमल्सिना सह–सचिव प्रमोद फुयाँल र दिनेश हुमागाइँलगायत विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*