कोरोना संक्रमित घटेसँगै मकवानपुर प्रशासनले हटायो प्रतिबन्धात्मक आदेश
मकवानपुर । जिल्लामा कोरोना संक्रमितको दर घटेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले विभिन्न क्षेत्रमा लगाएको प्रतिबन्धहरु हटाएको छ । सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीद्वारा विभिन्न मितिमा जारी गरिएको प्रतिबन्धात्मक आदेशहरु आज (सोमबार)बाट लागु हुने गरी हटाउने निर्णय भएको हो ।
कोरोना संक्रमण फैलिन नदिनको लागि सामाजिक, संस्कृतिक, व्यवसायिक, औद्योगिक लगायत क्षेत्रमा गतिविधि संचालन गर्दा जनस्वास्थ्य मापदण्डहरु अवलम्बन गर्न प्रशासनले आग्रह गरेको छ ।








