रेखा थापाविरुद्ध गालीगलौजको जाहेरी परेपछि शर्मिला वाइबा प्रहरी नियन्त्रणमा

अखबार हब
२०७८ फाल्गुन २३, सोमबार १४:१६

काठमाडौं । अभिनेत्री रेखा थापाविरुद्ध गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ ।

गालीगलौजको जाहेरी परेपछि काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए ।

उनीमाथि अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै गत शुक्रबार साइबर व्युरोमा जाहेरी परेको थियो । थापाको तर्फबाट उनकी दिदी तारा थापाले जाहेरी दर्ता गराएकी थिइन् ।

पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगलौज गरिएको उजुरीमा उल्लेख छ । अनुसार ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*