लागुऔषध खैरो हेरोईनसहित हेटौंडाबाट दुईजना पक्राउ
मकवानपुर । लागुऔषध खैरो हेरोईनसहित मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१० का २२ वर्षीय थिल्ले लामा तामाङ र हेटौंडा उपमहानगरपालिका–४ का २६ वर्षीय अजय घले रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनिहरुलाई हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा १९ प ३०४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट ७ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







