धरानमा करेन्ट लागेर एकजनाको मृत्यु

अखबार हब
२०७८ फाल्गुन २३, सोमबार १५:३८

सुनसरी । सुनसरीको धरानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । धरान १५ कृष्णापथमा करेन्टलागेर १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ वर्षीय मौसम प्रधान रहेका छन् । स्थानीय पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागेर छतबाट भुइँमा लडेर घाइते भएका प्रधानको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*