समाचार
मकवानपुरमा ५६ प्रतिशत मत खस्यो
मकवानपुर । मकवानपुरमा ५६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले ५६ प्रतिशत मत खसेको जानकारी दिए । बिहानदेखि नै मतदाता आउने क्रम जारी रहे पनि स्थानीय तहको निर्वाचनजस्तो उत्साह मतदाताहरूमा देखिएन । जिल्लामा ३ लाख ७ सय ३३ जना मतदाता छन्...
झापा १ मा सूर्य र रुख नभएको मतपत्र भेटिएपछि मतदान स्थगित
झापा । झापाको निर्वाचन क्षेत्र नम्बर १ मा चुनाव चिह्न नभएको मतपत्र भेटिएपछि मतदान रोकिएको छ । मेचिनगर नगरपालिका वडा नम्बर १४ स्थित बालसुवोधनी माविको मतदानस्थलमा चुनाव चिह्न नभएको मतपत्र भेटिएको हो । एमालेको चुनाव चिह्न सूर्य र कांग्रेसको चुनाव चिह्न रुख नभएको मतपत्र भेटिएको हो । प्रतिनिधिभाको मतपत्रको...
करेन्ट लागेर हेटौंडामा एकजनाको मृत्यु
मकवानपुर । हेटौंडामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो साढे १२ बजे हेटौंडा– १४ मयुरधापमा अन्दाजी ३० वर्षीय प्रकाश थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हेटौंडा– १४ मयुरधापमा रहेको मकवानपुर कन्स्ट्रक्सन प्रालिमा काम गर्ने थारुलाई मोटर लगाई ईनार खन्ने क्रममा करेन्ट लागेको थियो। अचानक...
मकवानपुरमा अपरान्ह ३ बजे सम्म ४२ प्रतिशतले गरे मतदान
मकवानपुर । मकवानपुरमा जारी मतदानमा ४२ प्रतिशत मत खसेको छ । बागमती प्रदेश निर्वाचन कार्यालयको अनुसार अपरान्ह ३ बजेसम्म ४२ प्रतिशत मत खसेको हो । चिसोका कारण बिहानको समयमा अधिकांश केन्द्रमा मतदाताको उपस्थिति कम रहेको र अहिले उपस्थिति बढेको कार्यालयले जनाएको छ । जिल्लाको सबै क्षेत्रमा अहिलेसम्म शान्तिपूर्ण ढंगबाट...
निर्वाचन बिथोल्न खोज्ने ७ जना हेटौंडा बसपार्कबास पक्राउ
मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तरग आज भैरहेको मतदान बिथोल्न सक्रिय रहेका ७ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका १० स्थित बसपार्कबाट निर्वाचित खारेजको माग गरेको नेपाल कम्युनिष्ट पार्टी बहुमत मकवानपुर जिल्ला संयोजक बिक्रम रुचाल ‘शक्ति’ सहितको ६ जनाको टोलिलाई जिल्ला...
यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारी चालक अनुमतिपत्रको सक्कलप्रति आवश्यक पर्ने आयोगले जनाएको छ...
आज निर्वाचन, बिहान सात बजेदेखि मतदान
काठमाडौँ । देशभर एकैसाथ आज प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ । बिहान सात बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन हुन लागेको हो । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ...
मध्यरातमा डिनाका श्रीमानलाई स्थानीयले लखेटे
हेटौँडा । सत्तारुढ गठबन्दनको तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेद्वार महालक्ष्मि उपाध्याय डिनाका श्रीमानलाई मकवानपुरका जनताले मध्यरातमा लखेटेका छन् । निर्वाचन आचार संहिता विपरित निर्वाचनको अगिल्लो रात हेटौँडा १४ मा पैसा बाढ्न आएको भन्दै स्थानीयले लखेटेका हुन् । लामो समय देखी पराजय भोग्दै आएकि डिनालाई जुन...
भीमफेदी कारागारका २८ जना कैदीबन्दी मतदानमा सहभागी हुँदै
मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा रहेका २८ जना कैदीबन्दीले आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्दैछन् । उनीहरुले समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउनेछन् । मतदानका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए । यसैगरी अर्को अस्थायी...
मकवानपुरका १० मतदानस्थल अपाङ्गमैत्री
मकवानपुर। आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मकवानपुरका १० वटा मतदानस्थल अपाङ्गमैत्री बनाइएको छ । ती सबै मतदानस्थल हेटौंडा उपमहानगरपालिका भित्र रहेका छन् । भुटनदेवी मावि हेटौंडा–४, बालज्योति मावि हेटौंडा–५, नवज्योति मावि हेटौंडा–७, वडा नम्वर १५ कार्यालय रातोमाटे, रोप वे भवन हेटौंडा–१, महेन्द्र किरण मावि हेटौंडा–३,...








