निर्वाचन बिथोल्न खोज्ने ७ जना हेटौंडा बसपार्कबास पक्राउ
मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तरग आज भैरहेको मतदान बिथोल्न सक्रिय रहेका ७ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका १० स्थित बसपार्कबाट निर्वाचित खारेजको माग गरेको नेपाल कम्युनिष्ट पार्टी बहुमत मकवानपुर जिल्ला संयोजक बिक्रम रुचाल ‘शक्ति’ सहितको ६ जनाको टोलिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको हो।
पक्राऊ परेकाहरूमा पार्टीको जिल्ला ईन्चार्ज धुव्र खड्का ‘रवि’, जिल्ला संयोजक बिक्रम रुचाल ‘शक्ति’, सचिवालय सदस्य लिला माझी, युवा जिल्ला अध्यक्ष बसन्त लामा ‘विश्वास ‘, जिल्ला सदस्य विकास लामा, जिल्ला सदस्य अजय गहिराइ र जिल्ला सदस्य एवम बागमति गा पा ईन्चार्ज अनिल सिन्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ ।







