करेन्ट लागेर हेटौंडामा एकजनाको मृत्यु

अखबार हब
२०७९ मंसिर ४, आईतवार १५:३५

मकवानपुर । हेटौंडामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो साढे १२ बजे हेटौंडा– १४ मयुरधापमा अन्दाजी ३० वर्षीय प्रकाश थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौंडा– १४ मयुरधापमा रहेको मकवानपुर कन्स्ट्रक्सन प्रालिमा काम गर्ने थारुलाई मोटर लगाई ईनार खन्ने क्रममा करेन्ट लागेको थियो। अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा उनी बेहोस भएका थिए। उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*