झापा १ मा सूर्य र रुख नभएको मतपत्र भेटिएपछि मतदान स्थगित
झापा । झापाको निर्वाचन क्षेत्र नम्बर १ मा चुनाव चिह्न नभएको मतपत्र भेटिएपछि मतदान रोकिएको छ । मेचिनगर नगरपालिका वडा नम्बर १४ स्थित बालसुवोधनी माविको मतदानस्थलमा चुनाव चिह्न नभएको मतपत्र भेटिएको हो ।
एमालेको चुनाव चिह्न सूर्य र कांग्रेसको चुनाव चिह्न रुख नभएको मतपत्र भेटिएको हो । प्रतिनिधिभाको मतपत्रको ठाउँमा प्रदेशसभाको मतपत्र राखिएपछि समस्या आएर मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।







