मकवानपुरमा ५६ प्रतिशत मत खस्यो
मकवानपुर । मकवानपुरमा ५६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले ५६ प्रतिशत मत खसेको जानकारी दिए ।
बिहानदेखि नै मतदाता आउने क्रम जारी रहे पनि स्थानीय तहको निर्वाचनजस्तो उत्साह मतदाताहरूमा देखिएन । जिल्लामा ३ लाख ७ सय ३३ जना मतदाता छन् ।
जिल्लाका मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत निरौलाल जानकारी दिए ।
जिल्लामा ३ सय ६४ वटा मतदान केन्द्रबाट आज मतदान भएको थियो । मतगणना हुने स्थान हेटौंडा २ स्थित सिद्धार्थ माविमा मतपेटिका ल्याउने क्रम जारी रहेको निरौलाले बताए ।







