समाचार

निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ । ‘हामीले मान्यता दिएका संस्थामध्ये दुई संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन र सिभिक च्याम्बर...

हेटौंडामा रात्री भोजसहितको कार्यक्रमको तयारीमा सत्ता गठबन्धन

मकवानपुर । हेटौंडाको एक होटलमा रात्री भोजसहित गठबन्धनका उम्मेदवार राखेर रात्री भोजको आयोजना गरेर कार्यक्रमको आयोजना गरिएको छ । हेटौैंडा–२ स्थित पल्पसा हलमा सत्ता गठवन्धनमा रहेका दलका भातृसंगठनहरुले बिशेष भोजको आयोजना गरेर मतदातालाई प्रभावित पार्नेगरी कार्यक्रम गर्नका लागि बजार क्षेत्रका सबैलाई निमन्त्रणा कार्ड पठाइएको हो । यही कार्तिक ३०...

मिथ्या सूचनाबाट सचेत रहन प्रमुख जिल्ला अधिकारी पाण्डेको आग्रह

मकवानपुर । मिथ्या सूचनाले निर्वाचन माहोल बिथोल्ने भएकोले सचेत रहन मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डेले आग्रह गरेका छन् । सोमबार हेटौंडामा आयोजित निर्वाचन र मिथ्या सूचनाको चुनौति विषयक कार्यक्रममा प्रजिअ पाण्डेले यस्तो बताएका हुन् । कार्यक्रममा दुरसंचार प्राधिकरणका निर्देशक दिपेश आचार्यले सूचना सम्प्रेषणको क्रममा सधै सचेत हुनुपर्ने...

स्वदेश फर्किइन् राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज शनिबार स्वदेश फर्किएकी छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ कार्यक्रममा सहभागी हुन २१ कात्तिकमा आइसल्याण्ड पुगेकी भण्डारी आज विहान स्वदेश फर्किएकी हुन् । उनले आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’मा सम्बोधनसमेत गरेकी थिइन् । उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर...

देशको पहिलो प्राविधिक विश्वविद्यालयमा ईन्जिनियर पढ्न विद्यार्थी आकर्षित

मोरङ । देशकै पहिलो प्राबिधिक विश्वविद्यालयमा ईन्जिनियर पढन चाहने विद्यार्थीहरुको आकर्षण अत्यधिक बढेको छ । प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राबिधिक विश्वविद्यालयको दोस्रौ शैक्षिक सत्रमा भर्ना भएर ईन्जिनियरिङग विषय पढन चाहने विद्यार्थीहरुको आर्कषण अत्यधिक बढेको हो । दोस्रो शैक्षिक सत्रको भर्ना...

चुनावका लागि मकवानपुरमा ३२ सय सुरक्षाकर्मी परिचालन गरिदै

मकवानपुर। मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि मकवानपुर जिल्लामा मात्र ३ हजार २ सय सुरक्षार्की परिचालन गरिने भएको छ । चुनावका लागि जनपथ प्रहरी, म्यादी, ससस्त्र प्रहरी र नेपाली सेनालाई प्रत्यक मतदान केन्द्रमा खटाउने तयारी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले बताए । मकवानपुरका एक...

भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन निर्देशन दिएका छन् । उनले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु...

भूकम्पबाट भएको जनधनको क्षतिप्रति ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले डोटीमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा सम्वेदना प्रकट गरेका हुन् । उनले लेखेका छन्,‘दुःखद् खबर(हिजो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय ८ वटा परिवारका घर...

डोटीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

धनगढी । डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भोलाप्रसाद भट्टले बताए । डीएसपी भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी...

जनकपुरधामको जलवायु सम्मेलनमा नवोदय उत्कृष्ट

मकवानपुर । जनकपुरको मोनास्टिक स्कुलमा आइतबार र सोमबार भएको दुई दिने वातावरण सम्मेलनमा नवोदय विद्यालयका विद्यार्थीले उत्कृष्ट कार्य प्रस्तुती गरेका छन् । जनकपुरको मोनाष्टिक स्कूलले जलवायु सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको उद्घाटन नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हइलले गरेका थिए । राजदुत हइलले शिक्षा मात्र...