समाचार
तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै
काठमाडौँ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ। आषाढ शुक्ल एकादशी...
निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै गठबन्धनको चुनावी प्रचारमा हेटौंडाका मेयर–उपमेयर
मकवानपुर । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको धज्जी उडाउँदै सरकारी पैसाको आस्वासन बाड्दै हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयर खुलेआम सत्ता गठबन्धनको चुनावी प्रचारमा लागेका छन् । हेटौंडा उपमहानगरपालिकाको विकास रकमको आस्वासन बाड्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिले प्रचारप्रसार तथा मत माग्न नपाउने भनी...
आचारसंहिता विपरित मकवानपुरका जनप्रतिनिधी चुनावी प्रचारमा
मकवानपुर । निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचारमा लागेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयकोे वेवास्ताका कारण मकवानपुरका स्थानीय तहका जनप्रतिनिधीहरु निरन्तर रुपमा आफ्ना दलका उम्मेदवारहरुलाई भोट माग्दै चुनावी प्रचार प्रसारमा व्यस्त भएका हुन् । मकवानपुरका दश वटै स्थानीय तहका जनप्रतिनिधीहरु आफ्ना दलका चुनावी प्रचार प्रसारको काममा व्यस्त हँदा पनि...
एमालेको घोषणा : सबै महिलालाई स्यानिटरी प्याड किन्न वार्षिक १५०० रुपैयाँ दिने
काठमाडौँ । नेकपा एमालेले महिनावारी हुने उमेर समूहका सबै महिलाका लागि स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार सार्वजनिक चुनावी घोषणापत्रमा एमालेले सबै महिलाका लागि स्यानिटरी प्याड वा वैकल्पिक साधन खरिदका लागि वार्षिक उक्त रकम उपलब्ध गराउने घोषणा गरेको...
मकवानपुरमा एमालेले जोगाउला विरासत ?
मकवानपुर । मकवानपुर नेकपा एमालेको लालकिल्लाको रुपमा परिचित जिल्ला हो । स्थानीय तहको निर्वाचन देखि प्रदेश तथा संघीय निर्वाचनमा समेत आफ्नो वर्चस्व बनाउँदै आएको एमाले मकवानपुरको साख गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भत्किन पुग्यो । १० वटा स्थानीय तह रहेको मकवानपुरमा इन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष...
सानोपोखराबाट खैरो हेरोईन सहित तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध सहित तीन युवकलाई पकाउ गरेको छ । हेटौडा उपमहानगरपालिका–५ सानोपोखराबाट खैरो हेरोईन सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय अनिष चौलागाईं र हेटौंडा–२ कान्तिराज पथ बस्ने २३ वर्षीय बिकाश कार्की...
सामुदायिक सेवा केन्द्रलाई भवन तथा स्वास्थ्य सामाग्री हस्तान्तरण
मकवानपुर । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरलाई नवनिर्मित भवन तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टका अनुसार सेवा क्यानडा इन्टरनेशनल तथा सेवाका लागि युवा पोखरा कास्की नेपालको समन्वयमा बनेको भवन केन्द्रलाई हस्तान्तरण गरिएको हो । सोमबार...
देउसी भैलोबाट संकलित रकम मामाघर नेपाललाई
मकवानपुर। हेटौंडामा रहेको अनविज्ञ ब्यान्डले देउसी भैलो कार्यक्रमबाट संकलित रकम मामाघर नेपाललाई सहयोग गरेको छ । सोमबार ब्यान्डले हेटौंडा–११, डाङ्डुङ्गेमा रहेको मामाघर नेपाललाई बिहानको खानासहित ३० हजार रुपैयाँ नगद सहयोग गरेको हो । अनविज्ञ ब्यान्डका अभिभावक पर्बतजंग गुरुङका अनुसार ब्यान्डले समाज परिवर्तनसँगै आश्रित भान्जाहरुको उज्जवल भविष्यमा सहयोग पुर्याउने उद्देश्यले...
छठ हेर्न गएका किशोरको छुरा प्रहार गरी हत्या
झापा । छठ हेर्न गएका एक किशोरको छुरा प्रहारबाट मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति उर्लाबारीस्थित मावा खोलामा छठ पर्व हेर्न गएका झापाको दमक नगरपालिका १० का १४ वर्षीय डियुज श्रेष्ठको मृत्यु भएको हो । छुरा प्रहारबाट घाइते भएका डियुजको उर्लाबारीस्थित गोदावरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो...
हेटौंडाका पहाडी समुदायमा छठपर्वको आकर्षण बढ्दो
मकवानपुर । सामाजिक सद्भावको पहिचान बनेको छठपर्व मनाउन हेटौंडाको राप्तीतटमा पहाडी समुदायको पनि उल्लेख्य उपस्थिति रहेको छ । आज हेटौंडाको राप्तीतटमा बनाईएको छठघाटमा पुजा गर्न आउने भक्तजनहरुको घुईचो लागेको हो । मधेसी समुदायको मुख्यपर्वको रुपमा मनाईने छठपर्वको आकर्षण पहाडी समुदायहरुमा समेत देखिन थालेको छ । मधेसी समुदायहरुसँगै सामुहिक रुपमा...










