सामुदायिक सेवा केन्द्रलाई भवन तथा स्वास्थ्य सामाग्री हस्तान्तरण

अखबार हब
२०७९ कार्तिक १४, सोमबार २१:०७

मकवानपुर । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरलाई नवनिर्मित भवन तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टका अनुसार सेवा क्यानडा इन्टरनेशनल तथा सेवाका लागि युवा पोखरा कास्की नेपालको समन्वयमा बनेको भवन केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

सोमबार हेटौंडा–९ पशुपतिनगरस्थित सामुदायिक सेवा केन्द्र मकवानपुरको कार्यालय प्रांगणमा एक कार्यक्रमबिच सेवाका लागि युवा पोखरा कास्की नेपालका अध्यक्ष छेवाङ कर्मा तामाङले केन्द्रका अध्यक्ष विष्टलाई भवनको स्वामित्व हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण पत्रमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमलेसमेत हस्ताक्षर गरेको अध्यक्ष विष्टले बताए ।

नवनिर्मित भवनमा २० शैयाको आइसोलेसन कक्ष निर्माण गरिनुको साथै विभिन्न स्वास्थ्य उपकरण तथा केही औषधीसमेत तयारी अवस्थामा राखिएको छ ।

२०७६ माघ १२ गते निर्माण सम्झौता भएको भवनको कुल लागत ४७ लाख २३ हजार रुपैयाँ रहेको अध्यक्ष विष्टको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*