हेटौंडाका पहाडी समुदायमा छठपर्वको आकर्षण बढ्दो
मकवानपुर । सामाजिक सद्भावको पहिचान बनेको छठपर्व मनाउन हेटौंडाको राप्तीतटमा पहाडी समुदायको पनि उल्लेख्य उपस्थिति रहेको छ ।
आज हेटौंडाको राप्तीतटमा बनाईएको छठघाटमा पुजा गर्न आउने भक्तजनहरुको घुईचो लागेको हो । मधेसी समुदायको मुख्यपर्वको रुपमा मनाईने छठपर्वको आकर्षण पहाडी समुदायहरुमा समेत देखिन थालेको छ ।
मधेसी समुदायहरुसँगै सामुहिक रुपमा हेटौंडाका पहाडी समुदायहरुले समेत छठपर्व मनाएका छन् । भक्तजनहरुले आज दिउँसो घरबाट पुजाका सामाग्रीहरु दौरीमा राखेर छठघाट सम्म पुर्याएका छन् ।
आज अस्ताउँदो सुर्यलाई अर्घदिएर भक्तजनहरुले छठीमाताको पुजाअर्चना गरेका छन् । छठीमाताको आराधना गर्दा चर्मरोग, दुख कष्ठ पार हुने जनविश्वास रही आएको छ । भोलि विहान उँदाउदो सुर्यलाई अर्घ दिएपछि छठपर्व समापन हुन्छ ।








