आचारसंहिता विपरित मकवानपुरका जनप्रतिनिधी चुनावी प्रचारमा

अखबार हब
२०७९ कार्तिक १६, बुधबार ११:०४

मकवानपुर । निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचारमा लागेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयकोे वेवास्ताका कारण मकवानपुरका स्थानीय तहका जनप्रतिनिधीहरु निरन्तर रुपमा आफ्ना दलका उम्मेदवारहरुलाई भोट माग्दै चुनावी प्रचार प्रसारमा व्यस्त भएका हुन् ।

मकवानपुरका दश वटै स्थानीय तहका जनप्रतिनिधीहरु आफ्ना दलका चुनावी प्रचार प्रसारको काममा व्यस्त हँदा पनि निर्वाचन अधिकृतको कार्यालयले भने यसमा खासै चासो दिएको छैन । दलहरुको चुनावी अभियान सुरु भए लगतै देखि आचार संहिता विपरित चुनावी दौडाहामा आफ्नै पालिका र वडाहरुमा जनप्रतिनिधीहरु लागिपरेका छन् ।

अझै मकवानपुरका जनप्रतिनिधीहरुले चुनावी प्रचारमा लाग्नेमात्र नभइकन आफ्ना क्षेत्रका दलका चुनावी कार्यक्रम राख्ने, आफै अतिथी हुने, भाषण समेत गर्ने र आफ्ना दलका उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका छन् ।

चुनावी अभियान सुरु भएदेखि नै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान, मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रंजन कालाखेती, बकैयाँ गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायतका जनप्रतिनिधीहरु आफ्ना दलका उम्मेदवार र गठवन्धनका उम्मेदवारलाई जिताउनका लागि चुनावी अभियानमा लागेका छन् । त्यसैगरी बिभीन्न राजनीतिक दलका वडा अध्यक्षहरु पनि चुनावी प्रचारमा उत्तिकै लागेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*