समाचार

मकवानपुरमा निर्वाचन तयारी पुरा, मतगणनास्थलमा सीसी क्यामेरा र तारजाली

मकवानपुर । मकवानपुरमा आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा मतदान केन्द्रहरूको निर्माण गरी सकिएको छ । १ मंसिरमा जिल्लास्थित ३६६ वटै मतदान केन्द्रमा कर्मचारीहरू खटिएका थिए । शुक्रबारदेखि मतदान केन्द्रहरूमा गाउँमै उपलब्ध बाँस,...

आचार संहिता विपरित भूमि आयोग मकवानपुरका अध्यक्ष दाहाल पार्टी उम्मेदवारको प्रतिनिधी

मकवानपुर । निर्वाचन आचार संहिता विपरित राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णु प्रसाद दाहाल पार्टीका उम्मेदवारको निर्वाचन प्रतिनिधी बनेका छन् । भोली हुने निर्वाचनका लागि सत्ता गठवन्धनका तर्फबाट नेकपा एकिकृत समाजबादीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार बिरोध खतिवडाको प्रतिनिधीका रुपमा पार्टीले पठाएको पत्रका आधारमा प्रतिनिधी बनेका हुन् ।...

इन्द्र बानियाँ चढेको गाडीमा विप्लव समूहले गर्‍यो तोडफोड

मकवानपुर । मकवानपुर २ को (ख) का गठबन्धनबाट उम्मेदवार इन्द्रबहादुर बानियाँ चढेको गाडीमा तोडफोड भएको छ । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले उम्मेदवार बानियाँ चढेको गाडीमा हेटौँडा उपमहानगरपालिका–१९ दालिमटार नजिक पूर्वपश्चिम राजमार्गमा तोडफोड गरेको हो । बानियाँको गाडीमाथि तोडफोड भएको घटनाबारे जानकारी नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताए पनि नेकपा...

मकवानपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आसन्न मंसिर ४ मा हुने संघ तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाभर मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । विहीबार सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलले एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । मंसिर १ गते राति १२ बजे...

मकवानपुरका ३ सय ४४ मतदान केन्द्रमा निर्वाचन सामग्री लगियो

मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरबाट नियुक्त पत्र लिई खटिएका कर्मचारीहरुले जिल्लाका ३ सय ४४ वटा मतदान केन्द्रका लागि आवश्यक निर्वाचन सामग्री बुझेका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरेर स्थायी प्रकृतिका ३ सय ६४ र दुई वटा अस्थायी गरी ३ सय ६६ वटा मतदान केन्द्र छन्...

हेटौंडाको राप्ती पुल नजिक शङ्कास्पद वस्तु फेला, बम हुन सक्ने आशङ्का 

मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडा– १० राप्ती पुल नजिक शङ्कास्पद बस्तु फेला परेको छ । बिहीवार राति करिब १० बजेको समयमा उत्त शंकास्पद (प्रेसर कुकर बम जस्तो देखिने) बस्तु  फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगि...

गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी, उम्मेदवारी खारेजीको माग

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाणविरुद्ध बहुविवाह गरेको भन्दै उजुरी दर्ता भएको छ । खाणको उम्मेदवारीविरुद्ध मुख्य विर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार खाणको उम्मेदवारी खारेजीको माग गर्दै...

निर्वाचन आयोगले भन्यो – मतगणना पाँच दिनभित्रै सक्छौँ

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना पाँच दिनभित्र सक्ने बताएको छ । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पाँच दिनभित्र मतगणना सकेर मंसिर २२ भित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने बताएका हुन् । ‘४ मंसिरमा हुने चुनावको मतगणना पाँच दिनभित्रै सक्छौँ । मंसिर...

मेलम्चीको पानी काठमाडौं पठाउन सुरु

काठमाडौँ । वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौं पठाउनका लागि काम सुरु गरिएको छ । वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन । यस वर्ष सुरुङमा खासै क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको थियो । सो सडक निर्माणको काम...

चितवनमा उमेश श्रेष्ठको गाडी तोडफोड

चितवन । चितवन– २ का नेपाली कांग्रेस उम्मेदवार एवं राज्यमन्त्री उमेश श्रेष्ठको कारमा तोडफोड भएको छ । भरतपुरको प्रतीक्षा टोलमा बिहान बा। ३ च २०५० नम्बरको प्राडोमा एक समूह आएर ढुंगामुडा गरेको प्रहरीले बताएको छ । श्रेष्ठ चुनाव प्रचारको क्रममा बिहान त्यहाँ पुगेका थिए । कार्यकर्तासहित घरदैलो गरिरहेको बेला...