मकवानपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक

अखबार हब
२०७९ मंसिर २, शुक्रबार १३:२५

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आसन्न मंसिर ४ मा हुने संघ तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाभर मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ ।

विहीबार सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलले एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएका हुन् ।

मंसिर १ गते राति १२ बजे देखि लागू हुने गरी निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्णरुपमा रोक लगाइएको हो ।

यस्तै, मतदान कार्य शुरु हुने दिन देखि भोलि पल्ट बिहान ५ बजे सम्म तोकिएको अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधन बाहेक सम्पूर्ण निजी तथा सार्वजनिक यातायातका साधनहरू नगर्न निर्देशन दिएको छ । साथै मतगणना स्थल हेटौंडा २ को सिदार्थ मावि आसपासको ५ सय मिटर वरपर मतगणनाको कार्य सम्पन्न नहुँदासम्मका लागि मदिरा जन्य पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवन पूर्ण रुपमा बन्द गराउँन निर्देशन दिएको छ ।

सूचना विपरित कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी कँडेलले बताए ।    

यसमा तपाइको मत

Your email address will not be published.


*