निर्वाचन आयोगले भन्यो – मतगणना पाँच दिनभित्रै सक्छौँ

अखबार हब
२०७९ मंसिर १, बिहीबार १७:०९

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना पाँच दिनभित्र सक्ने बताएको छ ।

बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पाँच दिनभित्र मतगणना सकेर मंसिर २२ भित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने बताएका हुन् ।

‘४ मंसिरमा हुने चुनावको मतगणना पाँच दिनभित्रै सक्छौँ । मंसिर २२ गते सबै काम सकेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउन जान्छौँ,’ उनले भने ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानका दिन बिदा दिन निजी क्षेत्रलाई आह्वान पनि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*