चितवनमा उमेश श्रेष्ठको गाडी तोडफोड

अखबार हब
२०७९ कार्तिक ३०, बुधबार १२:५९

चितवन । चितवन– २ का नेपाली कांग्रेस उम्मेदवार एवं राज्यमन्त्री उमेश श्रेष्ठको कारमा तोडफोड भएको छ । भरतपुरको प्रतीक्षा टोलमा बिहान बा। ३ च २०५० नम्बरको प्राडोमा एक समूह आएर ढुंगामुडा गरेको प्रहरीले बताएको छ ।

श्रेष्ठ चुनाव प्रचारको क्रममा बिहान त्यहाँ पुगेका थिए । कार्यकर्तासहित घरदैलो गरिरहेको बेला मोटरसाइकलमा आएका केही व्यक्तिहरूले ढुंगा हानेर श्रेष्ठको कारको सीसा फुटाएको चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए ।

उनले गाडी तोडफोड गर्ने समूहको पहिचान नभइसकेको तथा खोजी कार्य भइरहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*