हेटौंडाको राप्ती पुल नजिक शङ्कास्पद वस्तु फेला, बम हुन सक्ने आशङ्का
मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडा– १० राप्ती पुल नजिक शङ्कास्पद बस्तु फेला परेको छ । बिहीवार राति करिब १० बजेको समयमा उत्त शंकास्पद (प्रेसर कुकर बम जस्तो देखिने) बस्तु फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगि सकेको र डिस्पोजल गराउने तयारी भइरहेको बताए । बम नै हो या अन्य विस्फोटक पदार्थ हो यकिन नभएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।







