आचार संहिता विपरित भूमि आयोग मकवानपुरका अध्यक्ष दाहाल पार्टी उम्मेदवारको प्रतिनिधी

अखबार हब
२०७९ मंसिर ३, शनिबार १९:५८

मकवानपुर । निर्वाचन आचार संहिता विपरित राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णु प्रसाद दाहाल पार्टीका उम्मेदवारको निर्वाचन प्रतिनिधी बनेका छन् ।

भोली हुने निर्वाचनका लागि सत्ता गठवन्धनका तर्फबाट नेकपा एकिकृत समाजबादीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार बिरोध खतिवडाको प्रतिनिधीका रुपमा पार्टीले पठाएको पत्रका आधारमा प्रतिनिधी बनेका हुन् ।

सरकारी सुबिधा लिएर पार्टीका प्रतिनिधीका रुपमा उम्मेदवारका प्रतिनिधी बस्न पाइदैन । तर, दाहालले आफ्नो पदको दुरुपयोग गर्दै पार्टी प्रतिनिधीका रुपमा बसेको स्थानीय वासिन्दाहरुले वताएका छन् ।सरकारी पदमा रहेका दाहाललाई निर्वाचन अधिकृतले पार्टी प्रतिनिधीका रुपमा राखेकोमा स्थानीयले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी समेत दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*