मकवानपुरमा अपरान्ह ३ बजे सम्म ४२ प्रतिशतले गरे मतदान
मकवानपुर । मकवानपुरमा जारी मतदानमा ४२ प्रतिशत मत खसेको छ । बागमती प्रदेश निर्वाचन कार्यालयको अनुसार अपरान्ह ३ बजेसम्म ४२ प्रतिशत मत खसेको हो ।
चिसोका कारण बिहानको समयमा अधिकांश केन्द्रमा मतदाताको उपस्थिति कम रहेको र अहिले उपस्थिति बढेको कार्यालयले जनाएको छ ।
जिल्लाको सबै क्षेत्रमा अहिलेसम्म शान्तिपूर्ण ढंगबाट मतदान जारी रहेको छ । आइतबार बिहानैबाट मतदाताहरु उत्साहपूर्वक ढंगबाट मतदान स्थल पुगेर मतदान गरिरहेको कार्यालयले जनाएको छ ।
प्रत्यक्षतर्फ २ संघीय क्षेत्र र प्रदेशतर्फ ४ क्षेत्र रहेको जिल्लामा ३ लाख ७ हजार ३३ जना मतदाता रहेका छन् ।







